मगर संघको जिर्ण भवन मर्मत सम्भार शुरु

दिव्य रोशनी(धरान)/ नेपाल मगर संघ सुनसरीको “भवन मर्मत तथा सम्भार” आयोजना अन्तर्गत पहिलो चरणको “छत ढलान योजना” काम सम्पन्न भएको छ।
विभिन्न जातिय, धार्मीक संघसंस्था तथा व्यक्तिहरुबाट संकलित रकमले संघको छत ढलान योजना सम्पन्न गरिएको हो। धरान १६ स्थित चन्द्र संस्कृत मार्गमा अवस्थित २०५५ सालमा बनेको उक्त भवन बेलाबेलामा मर्मत सम्भार हुन नसक्दा वर्षातको समयमा पानी चुहिने गरेको थियो। विभिन्न दाताहरुबाट संकलित २ लाख ८ हजार ६ सय ९० रुपैया मध्ये १ लाख २७ हजार १९ रुपैया छत ढलानमा खर्च भएको नेपाल मगर संघ नगर समिती धरानका अध्यक्ष चित्रराज थापा मगरले बताए।
यसैगरी बाँकी रकम ८१ हजार ६ सय ७२ रुपैया दोस्रो चरण अन्तर्गत “झ्याल ढोका मर्मत योजना र ट्रस विस्तार योजना” अन्तर्गत खर्च गरिने भएको छ। जसका लागी निर्माण सम्पन्न हुन ७ देखी ८ लाख खर्च लाग्ने अध्यक्ष मगरको भनाई छ। उनले भवन मर्मत तथा सम्भारका लागी सहयोगीहरुमा सहयोगको आग्रह गर्दै ५ हजार माथि सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा अंकित गरिने पनि बताए।(दिव्य रोशनी साप्ताहिकबाट)