न्यायदर्शन आमा समुहको साधारणसभामा मलामी घरको कुरा चल्यो(भिडीयो सहित)

दिव्य रोशनी/ धरान १४ स्थित न्यायदर्शन आमा समुहको दोस्रो साधारणसभा सम्पन्न भएको छ।
विहिवार जर्मन सभाहलमा आयोजित साधारणसभामा प्रमुख अतिथी ज्येष्ठ नागरिक कृष्ण कुमारी सुवेदी रहेकि थिईन्। उनिले न्याय दर्शन आमा समूह सानो भएपनि यसलाई फलाउने फुलाउने जिम्मेवारी १४ नं वडावासी महिला दिदीबहिनीहरुको भएको बताए। उनिले आगामी दिनहरुमा सामाजिक कार्यक्रममा दत्तचित भएर लाग्नपनि महिला दिदी बहिनीहरुमा अग्रह गरिन्।


कार्यक्रममा समुहका अध्यक्ष झुना धमलाले समूहले निमार्णकार्य शुरु गरेको खत्रीधारा मलामी विश्रामलयलाई सम्पन्न गर्न सबैले सकेको सहयोग गर्न आग्रह गरिन्। उनिले मलामी विश्रामलय सम्पन्न गर्न वडामा योजना माग गर्दापनि वडाबाट सहयोग नपाएको बताउदै साधारण्सभामा अतिथीका लागी आग्रह गर्दापनि वेवास्ता गरेको गुनासो पोखिन्। अध्यक्ष धमलाका अनुसार धरान १४ निवासी गोकुल पोख्रेलले निःशुल्क प्रदान गरेको ५ धुर जग्गामा वाल उठाउन १ लाख ४५ हजार खर्च भएको छ। जसमा सहयोगदाताबाट ६५ हजार संकलन भएकोमा बाँकी ऋण खोजेर काम चलाईएको छ। मलामी विश्रामलय नहुदा वडावासीहरु अझेपनि खुल्ला आकाश मुनी बस्न बाध्य हुदै आएका छन्। मलामी विश्रामलय निमार्ण सम्पन्न गर्नका लागी वडा कार्यालयका प्राविधिकले ४ लाख ९५ हजार लाग्ने जनाएको अध्यक्ष धमलाले बताईन्।
समुहले यसअघि सफल रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको बताउदै अध्यक्ष धमलाले आगामी दिनहरुमा पनि समाजिक कार्यलाई निरन्तरता दिदै जाने बताईन्। उनिले आमा समूहले आफै मात्र बाँच्ने नभई अन्यनायमा परेका महिला दिदीबहिनीहरुको लागी पनि आवाज उठाउने बताईन्।
समूहका सदस्य उषा खतिवडाको स्वागत मन्तव्य रहेको सो कार्यक्रम कमला धमलाले संचालन गरेकि थिईन्भने अध्यक्ष झुना धमलाको सभापत्तिवमा सम्पन्न भएको थियो।(साभारःदिव्य रोशनी साप्ताहिक)

8 thoughts on “न्यायदर्शन आमा समुहको साधारणसभामा मलामी घरको कुरा चल्यो(भिडीयो सहित)

टिप्पणीहरू are closed.