आउटसाईडर्स नेपालको “माईला” म्युजिक भिडीयो सार्वजनिक

दिव्य रोशनी/ धरानको चर्चित ब्याण्ड आउटसाईडर्स नेपालले “माईला” बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ।
धरान ९ पुतली लाईन स्थित क्लाउड ९ मा आयोजित एक कार्यक्रमका माझ आउटसाईडर्सले पुर्वाअञ्चल रक्स यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो। म्युजीक भिडियो सार्वजनिक संगै आउटसाईडर्सले सांगीतिक प्रस्तुती समेत दिएको थियो।
सार्वजनिक गरिएको गीत “माईला” फिमेल भर्सन हो। यसअघि आउटसाईडर्सले ब्याण्डका पुर्व सदस्य डिल्ली फोम्बोको स्वरमा रहेको “माईली” बोलको गीत सार्वजनिक गरेको थियो। यस “माईला” गीतलाई ब्याण्डका मुख्य भोकलिष्ट गायिका समिता लिम्बुले स्वर दिएका छन्। उनी ब्याण्डका नयाँ भोकलिष्ट हुन्। उक्त गीतमा माइलाले सपनाहरु देखाउदै गर्दा माइली पनि रमाउदै हुन्छे तर माइलीको हेराइमा जीवनमा सम्झनाहरुले पनि भुमिका खेल्ने गर्छन् र आकाशका तारा नपाए पनि सुखदुखमा साथ भने आवश्यक रहेको भावलाई झल्काउछ भने उक्त गीतले सोईसोईला को भाकामा जीवनरुपी उत्सव समेत मनाएको पाईन्छ । २०६३ सालमा स्थापना भएको यस ब्याण्डको “पन्छि, आउँछु म भनेर, माईली…” लगायतका गीतहरु चर्चीत रहेका छन्। ब्याण्डका मुख्य भोकलिष्ट गायक डिल्ली फम्वो र प्रशान्त शर्मा टिमबाट अलग रहेपछि आउटसाईडर्सले गायीका समिता लिम्बुलाई ब्याण्डमा सामेल गरेको हो।


आउट साइडर्स नेपाल टीमको रचना, अपार स्टुडियाकोे रेकर्डिङ तथा मन्जिल के सीको मिक्स÷मास्टर रहेको उक्त भिडियोमा प्रसान राई र नेहा राईको मुख्य अभिनय रहेको छ। म्युजिक भिडियोलाई अभिषेक सुवेदीले निर्देशक गरेका हुनभने मिडिया पोर्ट निर्माता रहेको उक्त भिडियोको कार्यकारी निर्मातामा रवि श्रेष्ठ, रोहन वानेम, उत्सव भट्टराई रहेका छन्। त्यस्तै उक्त भिडियोका सिनेमेटोग्राफरमा सबिन लिम्बुले रहेका छन्। त्यसैगरी उक्त ब्याण्डको बेसगिटारमा मनुराई,गिटारमा सुमन प्रधान,गायनमा समिता लिम्बु, कीबोर्डमा निमा तामाङ तथा ड्रम्समा प्रज्ञान राईले सम्हाल्दै आएका छन्।
उक्त ब्याण्डले क्रिपा अन्प्लग्डट्युबर्ग ओपनसेसन्स र इट्स माइ शो (कान्तिपुर टेलिभिजन)मा समेत आफनो प्रस्तुती दिईसकेको छ।(साभारः दिव्य रोशनी साप्ताहिक)

9 thoughts on “आउटसाईडर्स नेपालको “माईला” म्युजिक भिडीयो सार्वजनिक

टिप्पणीहरू are closed.