तेस्रो हाम्रो धरान भेट्रान कपः दुधे भेट्रान विजयी

दिव्य रोशनी(धरान)/ धरानमा जारी तेस्रो हाम्रो धरान भेट्रान कप अन्तर्गत शुक्रवार भएको खेलमा दुधे भेट्रान फुटबल क्लव विजयी बनेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा शुक्रवार धरान रंगशालामा दुधे भेट्रान फुटबल क्लव र दुहवी भेट्रान फुटबल क्लव बिचको खेलमा दुधे भेट्रान १–० गोल अन्तरले विजयी बनेको हो। खेलमा दुहवी भेट्रानका सुरज बस्नेतले आत्मघाती गोल गरेका थिए। उनले पहिलो हाफको २३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच दुधे भेट्रानका सन्तोष बस्नेत घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत भोली शनिवारको खेल मेघा भेट्रान विराटनगर र राजारानी भेट्रानका बीच दिनको ठिक ३ः३० बजे हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए। यही बैशाख २२ गते हुने उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
गत बर्ष हाम्रो ईटहरी भेट्रान क्लब विजेता बनेको थियोभने धरान भेट्रान उपविजेता बनेको थियो।