स्कुल डान्सिङ तथा सिङ्गिङ आईडलको मेगा राउण्ड सम्पन्न

दिव्य रोशनी(धरान)/ युनाईटेड डान्स एकेडेमी (युडिए)धरानद्वारा आयोजित स्कुल डान्स तथा सिङगिङ आईडलको मेगा राउण्ड सम्पन्न भएको छ।
धरानको रत्न ईनमा सम्पन्न मेगा अडिसनमा डान्सिङ सिनयरतर्फ अडिसन राउण्डबाट छानिएका ५४ जनाबाट २० जना सेमिफाईनल प्रवेश गरेको छभने जुनियरतर्फ अडिसन राउण्डबाट छानिएका ९६ जनाबाट ३५ जना फाईनलका लागि प्रवेश गरेका छन्।
यसैगरी सिङगिङतर्फ अडिसनबाट छानिएका ४४ जनाबाट २० जना सेमिफाईनल प्रवेश गरेका छन्।सेमिफाईनमा २० जना प्रतियोगी ब्याटल राउण्डमा भिड्नेछन्भने त्यसबाट १० जना फाईनल प्रवेश गर्ने युडिएका प्रबन्ध निर्देशक सन्तोष तामाङले बताए। उनका अनुसार सिनियरतर्फको डान्सिङ र सिङ्गिङ्को फिनाले आगामी तिहार पछि हुनेछन्भने जुनियरतर्फ डान्सिङको फिनाले आगामी भदौ महिनाको अन्तिम सातामा हुनेछ।

सिङ्गिङ् तर्फबाट ब्याटल राउण्डमा प्रवेश गरेका प्रतिस्पर्धीहरु


युनाईटेड डान्स एकेडेमी (युडिए)धरानद्वारा हरेक वर्ष आयोजना हुँदै आएको स्कुल डान्स आईडलको यो सातौ संस्करण होभने जुनियर तर्फको तेस्रो संस्करण र सिङ्गिङ् तर्फको दोस्रो संस्करण हो।
प्रतियोगितामा डान्सिङ् सिनियरतर्फ छात्रा बिजेता भएमा २५ तोला चाँदीको क्राउनसँंगै नगद ५० हजार सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने भएको छभने छात्र विजेता भएको खण्डमा चाँदीको अकर्षक लकेट सहित ५० हजार नगद प्राप्त गर्नेछन्।बिजेताले प्राप्त गर्ने क्राउन र लकेट रनिङ ट्रफि हो। जुन हरेकवर्ष बिजेताहरुलाई पहिलेका बिजेताहरुले हस्तान्तरण गर्नेछन्। यसैगरी प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः २५, १० र ५ हजार नगद सहित ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा डान्सिङ जुनियर तर्फ र सिङ्गिङ्का बिजेताले नगद २५ हजार सहित आकर्षक गिफ्ट हया्म्पर प्राप्त गर्नेछन्भने दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः नगद १५, १० र ५ हजार सहित ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्ने प्रबन्ध निर्देशक तामाङले बताए।
आयोजक युडिएका प्रबन्ध निर्देशक सन्तोष तामाङले विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न र पढेर मात्र ज्ञाान लिनु नभई संस्कार र संस्कृतिलाई नृत्यको माध्यमबाट एकअर्कामा रहेको जातीय पहिचानलाई चिनाउन पनि यस प्रतियोगिताको आयोजना गरिएकोे बताए। उनका अनुसार विगतका वर्षहरुमा झै यसवर्षपनि नृत्य र पत्रकारिता क्षेत्रका दिग्गज व्यक्तित्वहरुलाई प्रतियोगिताको फिनालेमा सम्मान समेत गरिने भएको छ।

डान्सिङ जुनियरतर्फका फाईनलिष्टहरु


यसअघिको स्कुल डान्स आईडल नृत्य प्रतियोगिताको सिनियरतर्फको पहिलो सिजन २०७२ मा सेन्ट जोसेफ स्कुलका सरिना केसी, दोस्रो सिजन २०७३ मा डिपोट स्कुलका विमस पौडेल, तेस्रो सिजन २०७४ मा लिवर्टी स्कुलका सोनु तामाङ, चौथो सिजन २०७५ मा लोटस स्कुलका अनिसा राई, पाँचौ सिजन २०७६ मा आवरहोम स्कुलका करिस्ता राई, छैटौं सिजन २०७९ मा पर्वत बोर्डिङ स्कुल धरान १९ कि महिमा लिम्बु विजयी भएकी थिईन्भने जुनियर तर्फको पहिलो सिजनमा आवरहोम स्कुलका रिन्छेन गुरुङ र दोस्रो सिजनमा भिक्टोरी बोर्डिङ स्कुलकी लेमी राई विजयी भएकी थिईन्।
यसैगरी सिङ्गिङ्तर्फको पहिलो संस्करणमा विजयपुर बोर्डिङ स्कुलकी सालिन श्रोष्ठ प्रथम भएकि थिईन्।
गत ज्येष्ठ १४ गतेदेखी असार १२ गतेसम्म भएको प्रतियोगिताको अडिसन राउण्डमा धरानभरीका १४ विद्यालयका १ हजार ७ सय ७५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए। (दिव्य रोशनी साप्ताहिक वर्ष १९ अंक ७ बाट)

One thought on “स्कुल डान्सिङ तथा सिङ्गिङ आईडलको मेगा राउण्ड सम्पन्न

टिप्पणीहरू are closed.