दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कप सुरुः कार्मेल, सुनाखरी, समिट र प्रभात स्कुल विजयी

 डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा  शुक्रवार देखि सुरु भएको दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको उद्घाटन खेलमा काम्रेल स्कुल विजयी भएका छन ।
  काम्रेल हाइ स्कुलले आइडल स्कुललाई १८–१४ अंकको अन्तरले पराजित गरेका हुन । खेलको प्रत्येक क्वाटरमा काम्रेल र आइडल स्कुलले ०–३, ७–०, ७–६ र ४–५ अंक जोडेका थिए । यसै गरि सोहि दिन भएको अन्य खेलमा सुनाखरिले सत्यशिसु सदनलाई २४–१०, समिट स्कुलले पदम स्कुललाई ३५–७ र प्रभात स्कुलले ज्ञानोदय स्कुललाई ३४–१५ अंकको अन्तरले पराजित गरेका थिए ।
सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको सहयोगमा संपन्न प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि धरान १८ वडाध्यक्ष एवं पुर्व डिपो विद्यार्थी संगठन अध्यक्ष प्रविण राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल सार्वजनिक गुठि संस्थाका अध्यक्ष भिमराज लिम्वुले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरि उद्धघाटन गरेका थिए । कार्यक्रममा विशेष अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय अध्यक्ष भिमज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल बास्केटवल संघ केन्द्रिय सदस्य रोशन राई, सुनसरी जिल्ला बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राईले स्वागत मन्तव्य राख्दै विद्यालय र कार्यक्रमको विषयमा प्रकाश पारेका थिए ।

      कक्षा १० सम्मका खेलाडिहरु मात्र सहभागि प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि र हाइ स्कोर उपाधि विजेताले नगद एक हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछ । व्याक्तिगत उपाधि विजेतका लागि जनहि नगद एक हजार रुपैया उद्धघाटन कार्यक्रममा पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले दिने घोषण गरेका हुन ।  
       डिपो स्कुललाई यहा सम्म ल्याइपुर्याउन लामो समय महत्वपुर्ण योगदान दिनु भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा गत साल देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको छ । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष  र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान रहेको विद्यालयले जनाएको छ । वहाकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन सुरु भएका थिए । उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।
प्रतियोगितामा १४ वटा विद्यायलले सहभागिता जनाएको छ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।