ल्होछारको अवसरमा धरानमा आयोजित महोत्सवमा ज्योती मगर, सविन राई र तृष्णा गुरुङको प्रस्तुती रहने

दिव्य रोशनी(धरान)/ तामाङ जातीहरुको महान् चाँड सोनाम ल्होछारको अवसरमा धरानमा आयोजित सांस्कृतिक पर्यटन महोत्सवमा आज बिहीबार साँझ ज्योति मगरले प्रस्तुति दिने भएकी छन् ।
धरान–१२ पब्लिक स्कुलको मैदानमा माघ २७ देखी शुरु भएको महोत्सवमा हरेक दिन साँझ सांगितीक प्रस्तुती रहदै आएको छ। जसअन्तर्गत आज विहिवार साँझ चर्चित गायिका ज्योति मगरको धमाकेदार प्रस्तुती रहने संयोजक दीपक घिसिङले बताए ।
यसैगरी उत्सवमा भोली शुक्रवार धरानका चर्चित गायक सविन राईको प्रस्तुति रहने भएको छभने पर्सि शनिवार साँझ चर्चित गायिका तृष्णा गुरुङको प्रस्तुति रहने पनि संयोजक घिसिङले बताए ।
सोनाम ल्होछार २८६० को अवसरमा सञ्चालित महोत्सव फागुन ५ गते समापन हुनेछ । महोत्सवमा तामाङ जातिय नृत्य तथा मनोरञ्जनात्मक खेलहरु पिङ, ड्रागन, मिकी माउस रहेको छ भने प्रत्येक दिन साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदैआएको छ।