कोरा धरानले जेष्ठ नागरिकका लागी साईकल यात्रा गर्ने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ कोरा धरानले जेष्ठ नागरिकका लागी साईकल यात्राको आयोजना गर्ने भएको छ।
विगत ६ वर्षदेखी धरानमा विभिन्न सामाजिक कार्यको सहयोगार्थ “कोरा साईक्लिङ च्यालेन्ज” गर्दै आएको कोरा धरानले संसारभरीका साईक्लिष्टिहरुले महापर्वको रुपमा मनाउँदै आएको १५ जुलाईको अवसर पारेर जेष्ठ नागरिकका लागी साईकल यात्राका आयोजना गरिने जानकारी गराएको हो।
मंगलवार आयोजित पत्रकार सम्मेलनमा १५ जुलाईको अवसरमा नेपालभरी विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु मनाउने क्रममा धरानका साईक्लिष्टहरुले पनि “कोरा धरान २०२३” आयोजना गर्नका लागी कमिटी समेत गठन गरेको कोरा धरानका संयोजक विनयलाल श्रेष्ठले बताए। उनका अनुसार “कोरा धरान २०२३” को यसवर्षको मूल नारा “जेष्ठ नागरिकका लागी साईकल यात्रा” रहेको छ।


“कोरा धरान २०२३” बाट संकलित रकम धरान उपानगरपालिकाका मेयर हर्क साम्पाङ अभियान अन्तर्गत वृद्धवृद्धा आश्रमसँंगै हस्पिटल निर्माण योजनामा हस्तान्तरण गरिने भएको छ। कार्यक्रममा विराटचौक, सुन्दर हरंैचा, ईटहरी, तरहरा, विराटनगर, काठमाण्डौ, ललितपुर र धरान समेत गरी २ सय साईक्लिष्टहरुको उपस्थिती हुने कोरा धरानका संयोजक श्रेष्ठले बताए। कार्यक्रममा सहभागी हुनको लागी अनलाईन फारम साथै फिजिकल फारम भर्न सकिनेछभने अनिवार्य १ सय भरी ईच्छाएको रकम डोनेसन समेत गर्न सकिने छ। संयोजक श्रेष्ठका अनुसार कोरा धरानमा सहभागी साईक्लिष्टहरुलाई टिसर्ट, मेडल, सर्टिफिकेट, बिहानको खाजा र खाना पनि प्रदान गरिनेछभने सम्पूर्ण साईक्लिष्टहरुको जिवन बिमा समेत रहेको छ।
धरान १८ बौद्धगुम्बाबाट शनिवार ७ः३० बाट शुरु हुने साईकल यात्रा जानकी चौक, विजयपुर, निराजन बस्ती हँुदै देवी गाउँ, निशाने डाँडा, सोमटार, साउने देउराली, महादेव चौक, श्यामचौक, वरगाछी, धनकुटे रोड हुँदै पुनः सोही स्थानमा आई समापन हुने बताईएको छ। उक्त साईकल यात्राको दुरी ३८ किमी हुने आयोजकले जनाएको छ।

2 thoughts on “कोरा धरानले जेष्ठ नागरिकका लागी साईकल यात्रा गर्ने(भिडियो सहित)

टिप्पणीहरू are closed.