धरानमा फागुन १७ देखी “कुमार मामा” नाटक मंचन हुने
दिव्य रोशनी(धरान)/ यही फागुन १७ गतेदेखी धरानमा “कुमार मामा” नाटक मंचन हुने भएको छ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको कथा संग्रह “बस्तिभित्र”को एउटा कथा हो, कुमार मामा। धरानको सभागृहमा मंचनहुने नाटक “कुमार मामा” फागुन ३० गतेसम्म मंचनहुने रंगकर्मी तथा नाटकका निर्देशक विष्णु मोक्तानले बताए। आईतवार आयोजित पत्रकार सम्मेलनमा निर्देशक मोक्तानले भुँइमान्छेहरुको कथा लिएर तयार गरिएको नाटकलाई हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिन सम्पूर्ण धरानवासीहरुमा आग्रह गरे । उनले धरानमा नाटक घर नहुदा पैसा सापटी लिएर थोत्रो सभागृहलाई मर्मत गरेर काम चलाउ गरिएको बताए।

नाटकमा निर्देशक मोक्तानसँगै उदय बेघा लिम्बु, शन्देस घायल, उदासी पायल राई, विकास कुलुङ, मानबहादुर राई, दिपेन्द्र राई, एलिना रुम्दाली, करिष्मा क्षेत्री, एञ्जल तामाङ, तीर्थ विश्वकर्मा लगायत कलाकारहरु रहेका छन्भने नेपथ्यमा गुरु पोखरेल र बिक्रमसिंह थारु रहेका छन्। सभागृहमा अहिले नाटकको रिहर्सल भईरहेको छ। जसमा अग्रज रंगकर्मी बिक्रमसिंह थारुले कला संयोजन गरिरहेका छन्।
नाटक हेर्न सर्वसाधरणलाई ५ सय तोकिएको छभने विद्यार्थीलाई सहुलियत रुपमा ३ सय तोकिएको निर्देशक मोक्तानले बताए । उनले हरेक साँझ ५ बजे नियमित शो हुने र बुकिङ भएमा जुनसुकै समयमा पनि नाटक देखाउन तयार भएको जनाए। नाटक १ घण्टा २० मिनेटको रहेको पनि उनले बताए।
Pingback: 드라마 다시보기
Pingback: pour plus d'informations
Pingback: weed for sale in australia today
Pingback: buy mushrooms edible