धरान एक्स्पोमा टिकट दर घटाइयोः आज मंगलवार डिल्ली फोम्बोले प्रस्तुति दिने
दिव्य रोशनी(धरान)/ धरान एक्सपोमा आज मंगलवार साँझ ६ बजेबाट सुरु हुने साङगीतिक कार्यक्रममा टिकट दर एक सय रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि साँझको सांगितीक कार्यक्रमको टिकट दर दुईसय तोकिएपनि आज मंगलवारको टिकटदर एकसय रुपैया तोकिएको हो। यसैगरी दिउँसो तीन बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा दिउँसो तीन बजेदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ तोकिएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०७९ को छैटौं दिन आज मंगलवार धराने गायक डिल्ली फोम्बोले प्रस्तुती दिने भएका छन्। उनका ‘चिटिक्क’, ‘युमा माङ’, ‘सुन्दरता’, ‘यो मायाले’ लगायतका गीत चर्चित छन्। फोम्बोबाहेक एक्स्पोमा आज ‘इन्फ्लुयन्स डान्स स्टुडियो’, ‘तपस्वी ब्यान्ड’ लगायत स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
सुनसरीको व्यवसायीक प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय २३ स्टल अवलोकन गर्न सकिनेछ।दश दिनसम्म सञ्चालन हुने एक्स्पोमा १० करोड बढीको कारोबार हुने र तीन लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।

Pingback: image color picker
Pingback: When can I get magic mushrooms in Portland?
Pingback: Buy Bergara guns
Pingback: truffle chocolate vs mushroom