वीर गोर्खा पत्रकारिता पुरस्कारबाट सम्पादक चाम्लिङ सहित तिन पुरस्कृत

दिव्य रोशनी(धरान)/ धरान १८ रत्नचौक स्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरको प्रथम वार्षिक उत्सवको अवसरमा वीर गोर्खा पत्रकारिता पुरस्कारबाट दिव्य रोशनी साप्ताहिक तथा अनलाईनकी सम्पादक मनिता चाम्लिङ पुरस्कृत भएकी छिन्।
आज नयाँ वर्ष २०७८ को अवसर पारेर सेन्टरको वार्षिकउत्सव कार्यक्रममा सम्पादक चाम्लिङलाई नगद २५ हजार सहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरेको हो। यसैगरी सोही अवसरमा वीर गोर्खा पत्रकारिता पुरस्कारबाटै अग्रज पत्रकार हर्ष सुब्बा र वीर गोर्खा नवप्रतिभा पुरस्कारबाट संजिता धमला पुरस्कृत भएकी छिन्। वीर गोर्खा पत्रकारिता पुरस्कारको राशी २५/२५ हजार र नव प्रतिभा पुरस्कारको राशी २० हजार रहेको थियो। सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप–महानगरपालिकाका नगर प्रमुख तिलक राई,सेन्टरका प्रबन्ध निर्देशक प्रेम मुकारुङ राई तथा नेपाल पत्रकार महासंघ सुनसरीका नवनिर्वाचित अध्यक्ष जनकऋषि राईले सम्मान गरेका थिए।


कामर्यक्रममा नगर प्रमुख तिलक राईले वर्तमान देशको परिस्थितीले उद्योग धन्दाहरु नखुल्दा वैदेशिक रोजगार तथा गोर्खा भर्तीमा युवाहरुको आकर्षण बढ्दै गएको बताए। उनले केही व्यक्तिहरुले देशमा रोजगार नभएको अवस्थामा पनि गोर्खा भर्ती बन्द गराउन तल्लिन रहेको समेत बताए। सोही क्रममा नगर प्रमुख राईले गोर्खा भर्ती प्रकृया निश्पक्ष र पारदर्शी हुने गरेपनि केही सेन्टरका दलालीहरुले भर्ती लगाईदिन्छु भनी आर्थिक शोषण गरिरहेको अबस्थामा गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले त्यस्ता दललाहरुको विरुद्धमा लेख्ने पत्रकारहरुलाई सम्मान गरेकोमा धन्यवाद समेत व्यक्त गरे।
यसैगरी कार्यक्रममा विशिष्ट अतिथी पत्रकार महासंघ सुनसरीका नवनिर्वाचित अध्यक्ष जनकऋषि राईले गोर्खा भर्ती लगाईदिन्छु भनी पैसाको बार्गेनिङ गर्ने सेन्टरका बदमासीहरुको कर्तुत उजागर गर्ने पत्रकारलाई सम्मान गर्नु गोर्खा कम्पनीको सकरात्मक कदम भएको बताए।
प्रमुख अतिथी मेयर तिलक राईद्वारा गमलाको फुलमा पानी लगाई उद्घाटन गरिएको सो कार्यक्रम सेन्टरका प्रबन्ध निर्देशक प्रेम मुकारुङको सभापतित्वमा सम्पन्न भएको थियो। सेन्टर विद्यार्थी हिमाल राईले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा आदिवासी जनजाति महासंघ प्रदेश नं. १ का संयोजक नन्दराज राई, सम्मानित व्यक्तित्व अग्रज पत्रकार हर्ष सुब्बा लगायतले टे«निङ सेन्टरको उत्तरोत्तर प्रगतीको कामना व्यक्त गरेका थिए। कार्यक्रममा सेन्टरका विद्यार्थीहरुले आकर्षक गीत तथा नृत्य समेत प्रस्तुतगरी कार्यक्रमलाई थप मनोरञ्जन दिलाएका थिए।


कार्यक्रम अघि रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो। जसमा ९७ पिण्ट रगत संकलन भएको सेन्टरका प्रबन्ध निर्देशक मुकारुङले बताए।

11,718 thoughts on “वीर गोर्खा पत्रकारिता पुरस्कारबाट सम्पादक चाम्लिङ सहित तिन पुरस्कृत