२४ औं गोधुली फुटबल रनिङ कपः धरान १८ र ११ विजयी(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ २४ औं गोधुली फुटबल रनिङ कप अन्तर्गत आज सोमवार भएको दुई खेलमा धरान १८ र धरान ११ नं वडा विजयी बनेको छ।
धरान रंगशालामा भएको पहिलो खेलमा धरान १८ नं वडाले ३ नं वडालाई १ का विरुद्ध २ गोल गर्दै जित हात पारेको छ। खेलमा धरान १८ नं वडाका निकेन राई र विवेक परियारले गोल गरेका थिएभने धरान ३ का तर्फबाट १ मात्र गोल अनुप बस्नेतले गरेका थिए।
खेलको म्यान अफ दि म्याच धरान १८ का विवेक परियार घोषित भए। उनले नगद १५ सय सहित मेडल प्राप्त गरे।


यसैगरी आजै भएको दोस्रो खेलमा धरान ११ ले धरान १ नं वडालाई २–१ गोलले पराजित गरेको छ। खेलमा धरान ११ का निर्मल भुजेल र रिवस मास्केले गोल गरेका थिएभने धरान १ का तर्फबाट यमन चेम्जोङले १ मात्र गोल गरेका थिए।
खेलको म्यान अफ दि म्याच धरान ११ का प्रविन राई घोषित भए। उनले नगद १५ सय सहित मेडल प्राप्त गरे। भोली मंगलवार पनि दुई खेल हुनेछन्। जसअन्तर्गत पहिलो खेल धरान ६ र १६ नं वडाका बिच हुनेछ भने दोस्रो खेल धरान ९ र १३ नं वडा का बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।


माघ २७ गतेसम्म संचालन हुने प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहेको छ। गतवर्ष धरान १५ नं वडा प्रोटेष्टमा परेकाले कारवाही स्वरुप यसपटक प्रतियोगितामा समावेश भएकोे छैनभने धरान २ नं वडाले पनि सहभागिता जनाएको छैन। प्रतियोगितामा बिजेताले नगद १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्यक्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५/२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ।


यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिड फिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले बताए।