सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टी (सरिन)लाई ९८० मतको अग्रता

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शुक्रवार विहान ९ः१५ बजेसम्म प्रतिनिधीसभातर्फको ३६ हजार ४५ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले अग्रतालाई कायमै राखेका छन्। उनले ७१३५ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ६१५५ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ५८९६ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ४९६२ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ३९४९, लाउड स्पीकरले १२४, ढाका टोपीले ४२, कुखुराको भालेले १०१, दाप सहितको खुकुरीले ३१२, ताराले १४४, पानीको फिल्टरले ९२, घन्टाघर(कुमार कार्की)ले ७७२, क्रस खुकुरीले १६६, चापाकलले ७०, तिलहरी २२, पानीको जारले १८८९, सुर्यमुखी फुलले १४८२, पुतली ३४, छत्रेटोपी ५४ र सेलरोटीले ९६ मत ल्याएका छन्।

One thought on “सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टी (सरिन)लाई ९८० मतको अग्रता

टिप्पणीहरू are closed.