सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टी (सरिन)लाई १२२१ मतको अग्रता

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शुक्रवार विहान ११ः०० बजेसम्म प्रतिनिधीसभातर्फको ३७ हजार ६ सय ३९ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले अग्रतालाई कायमै राखेका छन्। उनले ७६१९ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ६३९८ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ६२०५ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ५१०० मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ४०४१, लाउड स्पीकरले १२९, ढाका टोपीले ४४, कुखुराको भालेले १०३, दाप सहितको खुकुरीले ३२१, ताराले १४४, पानीको फिल्टरले ९७, घन्टाघर(कुमार कार्की)ले ८१४, क्रस खुकुरीले १७०, चापाकलले ७३, तिलहरी २२, पानीको जारले २०१७, सुर्यमुखी फुलले १४८९, पुतली ३६, छत्रेटोपी ५५ र सेलरोटीले ९७ मत ल्याएका छन्।

8 thoughts on “सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टी (सरिन)लाई १२२१ मतको अग्रता

टिप्पणीहरू are closed.