सुनसरी १ प्रदेशसभा १(ख) मा अग्रता बढाउदै एमाले

दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(ख) मा एमालेका विजय राईले अग्रतालाई बढाउदै लगेका छन्।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार धरानको सभागृहमा आईतवार विहान ७ः०० बजे सम्म प्रदेशसभा १ (ख) तर्फ २१ हजार ८ सय २९ मत गणना हुदा नेकपा एमालेका विजय राईले ६८८९ मत पाएका छन्भने राप्रपा (हलो)का अनिश ढकालले ४५१२ मत ल्याएर पछ्याईरहेका छन्। यसैगरी दाप सहितको खुकुरीले ५३८, एकिकृत समाजवादी पार्टी(कलम) ३३०५, ढकिया ३९, ढाका टोपीले २८०, विजुलीको चिम २५६, पानीको धाराले ३६७, फुटबल खेलाडीले २९, सारंगीले ३४, क्यालकुलेटर २१९९,केराको काईयोले ३५ र ललाटिनले २३४२ मत पाएको छ।

7 thoughts on “सुनसरी १ प्रदेशसभा १(ख) मा अग्रता बढाउदै एमाले

टिप्पणीहरू are closed.