जिवन विकासको केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम
दिव्य रोशनी(धरान)/ जिवन विकास लघुवित्त वितिय संस्था लि.ले गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ।
सोमवार धरानमा एक कार्यक्रमको आयोजना गर्दै जिवन विकासले केन्द्र प्रमुख गोष्ठी र वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा प्रमुख अतिथी धरान उप–महानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाले आर्थिक उपार्जनमा गरेको लगानीले नगरको अर्थतन्त्रमा प्रभाव पार्ने जसले वितिय संस्था मात्र नभई राज्यपनि चल्ने बताए। उनले धरानमा जिवन विकासले २५ करोड लगानी गरेको बताउदै यसले महिलाहरुको जिवनयापनमा सहज बनाएको समेत बताए।
यसैगरी कार्यक्रममा जीवन विकासका वित्तीय प्रमुख अञ्जय कुमार मण्डलले बजारमा फैलिएको हल्ला लघुवित्तको ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न अनुरोध गरे। उनले नेपाल सरकार आफै ऋणमा डुबेको बताउदै ऋणीहरुको ऋण मिनाहा हुन्छ भन्ने विश्वास आफुमा नभएको समेत बताए। हरेक ऋणीहरुले तिरेको ऋण नै अन्य व्यवसायीहरुलाई स्वरोजगार बनाउन मुख्य भूमिका खेल्ने उनको भनाई थियो। त्यस्तै संस्थाकी रमाइलो मोरङ केन्द्रकी प्रमुख पुनम रोगु राईले आफुले घरसमेत बनाउन नसकेको अवस्थामा लघुवित्तमा आबद्ध भएपछि स्वरोजगार बन्दै जग्गा समेत किनेको बताईन्। उनीले हरेक ऋणीहरुले आफुले लिएको ऋण सही ठाउँमा सदुपयोग गर्नुपर्ने समेत बताईन्।
कार्यक्रममा संस्थाले विभिन्न ऋणीका छोराछोरीहरुलाई छात्रवृति समेत प्रदान गरेको थियो। संस्थाका कार्यकारी प्रमुख दामोदर रेग्मीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा धरानका जनप्रतिनिधी संस्थाका पदाधिकारीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।
२०५४ सालमा मोरङको धनपालथानमा स्थापना गरिएको जीवन विकासले २०७५ सालमा राष्ट्र बैंकबाट ’घ’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको छ।

Pingback: psychedelic mushrooms chocolate bar
Pingback: benefits of mushrooms
Pingback: David T Bolno NKSFB
Pingback: 20132 zip code
Pingback: heavenly harp music
Pingback: 웹툰 무빙 무료보기