केन्द्रीय प्रविधि क्याम्पस धरानले स्वर्ण जयन्ती मनाउने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ केन्द्रीय प्रविधि क्याम्पस धरानले ५० औं वर्ष प्रवेश गरेको अवसरमा स्वर्ण जयन्ती मनाउने भएको छ ।
मंगलवार क्याम्पसको सेमिनारहलमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख दिल कुमार सुब्बाले २०३० सालमा स्थापना भएको क्याम्पसले ५० औं वर्ष पुरा गरेको अवसरमा स्वर्ण जयन्ती मनाउन लागिएको बताए। उनले स्वर्ण जयन्तीका अवसरमा विहान प्रभात फेरी, हिमटिका क्लक टावर र पुरुष छात्रावासको उद्धघाटन हुने समेत बताए। जसमा क्लक टावर क्याम्पस प्रमुख दिलकुमार लिम्बुले आफ्नो पिता हिम लिम्बु र माता टिका लिम्बुको स्मृतिमा निर्माण गरेका हुन्भने ३ करोड १७ लाखमा निर्मित ६५ जना विद्यार्थीहरुको क्षमताको छात्रावासको उद्धघाटन हुने भएको हो।


त्रिभुवन युनिभर्सिटीका रजिष्ट्रार प्राडा. पेशल दाहालको प्रमुख अतिथ्यतामा आयोजना हुने कार्यक्रममा स्मारिका विमोचन र साँस्कृतिक कार्यक्रमहरु संचालन हुने सहायक क्याम्पस प्रमुख वबिता अधिकारीले बताइन्। उनका अनुसार कार्यक्रममा क्याम्पसका पूर्व विद्यार्थी माननिय संघिय सांसद अशोक कुमार राई लगायत प्रदेस सांसदहरुको समेत उपस्थिती रहने भएको छ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्र्तगत नेपालको एक मात्र खाद्य प्रविधि सम्वन्धि पढाई हुने क्याम्पसको रुपमा रहेको यस क्याम्पसमा सुक्ष्म जीव विज्ञान,पोषण तथा आधार विज्ञान,भौतिक शास्त्र,प्राणी शास्त्र,वनस्पति शास्त्र, तथ्याङ्क शास्त्र,रशायन शास्त्र,भुगर्भ शास्त्र, कम्प्युटर विज्ञान तथा सुचना प्रविधि जस्ता विषयहरुमा स्नातक तथा सुक्ष्म जीव विज्ञान विषयमा भने स्नातकोत्तर तहसम्मको शैक्षिक कार्यक्रमहरु संचालन हुदै आएको छ।

10 thoughts on “केन्द्रीय प्रविधि क्याम्पस धरानले स्वर्ण जयन्ती मनाउने(भिडियो सहित)

टिप्पणीहरू are closed.