अन्तर्राष्ट्रिय भरौल गोल्डकप चैत्र १५ देखी शुरु हुने(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ यही चैत्र १५ गतेदेखी सुनसरीको बराहक्षेत्र ५ कालाबन्जरमा छैटांै अन्तर्राष्ट्रिय भरौल गोल्डकप शुरु हुने भएको छ।
आयोजक न्यु स्टार क्लबले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा आयोजक न्यू स्टार क्लबका अध्यक्ष भेषराज कार्कीले बराहक्षेत्रको प्रतिष्ठा बोकेको भरौल गोल्डकपलाई देशव्यापी रुपमा चिनाउन प्रतियोगिताको आयोजना गरिन लागेको बताए। उनले भरौल गोल्डकपले बराहक्षेत्रको उचाईलाई अझ उचाईमा पु्याउने विश्वास व्यक्त गरे।

स्थानिय जगन्नाथ डेडराज जनता मा.बि. (जडेज) को खेल मैदान हुने उक्त प्रतियोगीतमा कुल ८ टीमको सहभागीता जनाउने आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजक न्यु स्टार क्लब संगै राष्ट्रिय जागृती क्लब सुनसरी, एन्फा मोरङ, क्षमादेबी प्लानिङ ब्वाईज युनाईटेड काठमाडौ, आमुक्त परिवार दार्जीलिङ भारत, कंचनजंघा फुटबल क्लब सिलिगुडी भारत, डिवाईन ब्वाईज युनियन क्लब काठमाडौं र केबिए ग्लोबल भरतपुर फुटबल क्लब चितवनले सहभागीता जनाउने भएको छ।
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ट्रफीसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक तथा बराहक्षेत्र ५ नंवडाका अध्यक्ष रोहित काफ्लेले बताए। उनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्भने विभिन्न विधाका विजेता खेलाडीहरुले जनही नगद १० हजार प्राप्त गर्नेछन्। यसैगरी प्रत्येक खेलका उत्कृष्ट खेलाडी म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
बराहक्षेत्र नगरपालिकाको संयोजन र न्यु स्टार क्लब बराहक्षेत्रको आयोजनामा हुने उक्त प्रतियोगीताको बिशेष सहयोगी अखिल नेपाल फुटबल संघ एन्फा र रास्ट्रिय खेलकुद परिषद काठमाडौ रहने आयोजकले जनाएको छ।

Pingback: 다시보기
Pingback: nagaqq
Pingback: 늑대닷컴
Pingback: villas in phuket thailand with private pool
Pingback: http://angelladydety.getbb.ru/viewtopic.php?f=39&t=31996
Pingback: แทงมวยออนไลน์
Pingback: click for info
Pingback: superkaya 88