२४ औं गोधुली फुटबल प्रतियोगिताको आयव्याय सार्वजनिकः ५ लाख बढी नाफा

दिव्य रोशनी(धरान)/ गोधुली क्लव धरानले गत माघ महिनामा संचालन गरेको २४ औं टेस्टी टेस्टी नुडल्स गोधुली फुटबल रनिङ कपको आय व्याय विवरण सार्वजनिक गरको छ।
क्लवले गत माघ १३ गते देखी २७ गतेसम्म संचालन गरेको अन्तर वडा स्तरिय फुटबल प्रतियोगितामा सम्पूर्ण खर्च कटाएर ५ लाख २२ हजार ५ सय ७० रुपैया मुनाफा कमाउन सफल भएको छभने अझै ३ लाख १५ हजार उठ्न बाँकी रहेको क्लवका कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष सतिस केसीले बताए।
क्लवले आम्दामी तर्फ धरान उपमहानगरपालिकाबाट ४ लाख ४७ हजार ५ सय ७५ रुपैया , मुख्य प्रायोजक टेस्टि टेस्टिबाट १ लाख ५० हजार, वडाको प्रवेश शुल्कबाट ९० हजार, गेट टिकटबाट ४ लाख २० हजार, १७ नं वडा कार्यालयबाट २ लाख ५० हजार, बैदेशिक सहयोगबाट ८० हजार, धरानका विभिन्न वडाहरुबाट १ लाख ६० हजार र धरान १७ समाज हङकङबाट १ लाख ६० हजार प्राप्त भएको जनाएको छ।
त्यस्तै सह प्रायोजन(सेन्ट जोसेफ बो स्कुल, थुलुङ हार्डवेयर, डिजिटल पेन्ट, माउण्ट एभरेष्ट ट्रेजिनङ सेन्टर र एनी स्पोर्टस् ब्राण्ड) बाट १ लाख ५ हजार, गोर्खा बु्रअरीबाट ५० हजार, विभिन्न संघसंस्थाहरुबाट ९५ हजार गरी १९ लाख १२ हजार ५ सय ७५ रुपैया प्राप्त गर्न सफल भएको क्लवले जनाएको छ।


यसैगरी खर्च तर्फ पुरस्कार(प्रथम, दोस्रो) २ लाख २५ हजार, व्यक्तिगत उत्कृष्ट नगद पुरस्कार १ लाख २ हजार, निर्णायक १ लाख ३० हजार, स्टेज टेन्ट हाउस १ लाख २५ हजार, साउण्ड सिस्टम ४५ हजार, प्रचार प्रसार ६५ हजार, खेलाडी खर्च १ लाख ४५ हजार रहेको छ। त्यस्तै पिउने पानी ४७ हजार २ सय ५०, मेडल तथा ट्रफी ४९ हजार ५ सय, खेल मैदान व्यावस्थापन खर्च १ लाख ७० हजार, मेडिकल तथा स्टेशनरी खर्च ४५ हजार २ सय ७५, स्वयंसेवक परिचालन ७८ हजार, खेल सामाग्री ४५ हजार १ सय गरी कुल १३ लाख ९० हजार ५ रुपैया खर्च भएको जनाईएको छ।
२४ औं संस्करणको प्रतियोगितामा धरान १३ विजेता बन्न सफल भएको थियोभने धरान १७ उपविजेता बनेको थियो। क्लवले प्रतियोगिता संचालनमा सहयोग पुर्याउनुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोग अपेक्षा समेत गरेको छ।