एक दिने आधारभुत मगर अक्खा लिपि प्रशिक्षण सम्पन्न

नेपाल मगर संघ धरान उपमहानगर समितिको आयोजनामा बुधवार एक दिने आधारभुत “मगर अक्खा लिपि प्रशिक्षण” सम्पन्न भएको छ ।
लीला राना मगर प्रमुख प्रशिक्षक साथै जुनि थापा मगर र अलिसा मगर प्रशिक्षक रहेको प्रशिक्षणमा ३ जना महिला सहित ९ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । विशेष गरी समय अभाव रहने कर्मचारी, ब्यापारी एवम बिद्यार्थीहरुलाई मध्यनजर गरि एक दिने आधारभुत प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघ धरान नगर समितीका अध्यक्ष चित्रराज थापा मगरले बताए। उनले यही बैशाख ३० गतेदेखि जेठ ५ गतेसम्म समूह “क” (वडा नं १४ लक्षित) र आगामी जेठ ६ गतेदेखि १२ गतेसम्म समूह “ख” (वडा नं १६ लक्षित) गरि दुई समुहमा “मगर अक्खा लिपि प्रशिक्षण” सन्चालन हुनेछ । अध्यक्ष थापाका अनुसार हालसम्म वडा नं १, ५, ६, १३, १७, १८, १९ र २० गरी ८ वटा वडा लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न भैसकेको छ।