अन्तर कलेज फुटसल प्रतियोगिता हुने

धरान ८ स्थित हाम्रो फुटसलको आयोजनामा यहि पौष १९ र २० गते दुई दिने धरान इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।
धरान उपमहानगरपालिका भरिका कलेजहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा २५ टिमले सहभागिता जनाउने मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए । प्रतियोगिताका विजेताले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि प्रतियोगिताका उत्कृष्ट गोलकिपर, सार्वाधिक गोलकर्ता, फेयर टिम, म्यान अफ द म्याच र उत्कृष्ट खेलाडिलाई ट्रफि, प्रमाणपत्र र विशेष पुरस्कारको व्यावस्था रहेको प्रतियोगिताका संयोजक सन्दिप गहतराजले जानकारी गराए । प्रतियोगितामा व्याचलर लेवर सम्मका खेलाडिहरुले मात्र सहभागिता हुन पाउनेछ । प्रतियोगिताको उद्धघाटन कार्यक्रममा ७ औ दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२३ मा रजत पदक विजेता विशाल राईलाई नगद ५ हजार सहित सम्मान समेत गरिने आयोजकले जनाकारी गराए ।


मैत्रिपुर्ण खेलमा आयोजक हाम्रो फुटसल विजयी
पत्रकार सम्मेलन पछि भएको मैत्रिपुर्ण खेलमा आयोजक हाम्रो फुटसल टिम विजयी भएको छ । प्रतियोगिताको प्रचारका लागि सोहि दिन भएको मैत्रिपुर्ण खेलमा पत्रकार महासंघ, सुनसरी टिमलाई ६–४ गोलको अन्तरले पराजित गरेका थिए । कार्यक्रममा हाम्रो फुटसलका संचालक नरवहादुर राई, प्रतियोगिता संयोजक सन्दिप गहतराज, नेपाल पत्रका महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार महेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल हाम्रो फुटसलको खेल मैदानमा हुनेछ ।