नेपाल मगर संघ धरान ६ नं वडा कमिटीमा सन्तोष(भिडियो सहित)

दिव्य रोशनी(धरान)÷ नेपाल मगर संघ धरान उपमहानगर ६ नं वडा कमिटी गठन भएको छ ।
शुक्रवार धरान ५ स्थित मगर संघको सभाहलमा भएको ६ नं वडा मगर भेलाले सन्तोष पिठाकोटेको अध्यक्षतामा ११ नयाँ कार्य समिती गठन गरेको हो। समितीको सचिवमा ईन्द्र बहादुर थापा मगर, सहसचिवमा होम कुमारी केप्छाकी मगर चयन भएका छन्भने सदस्यहरुमा ईश्वरी थापा मगर,खिन्द्रा पुलामी मगर, रमेश मगर, काजीलाल पिठाकोटे मगर, तुलसी लाल लुङ्गेली मगर, गंगा बलम्पाकी मगर, पञ्चमाया दर्लामी मगर र भोज बहादुर गुर्मछन मगर रहेका छन्। त्यस्तै समितीले पछि उपाध्यष र कोषाध्यक्ष दुई सदस्य थप गर्ने जनाएको छ। नव निर्वाचित समितीका पदाधिकारीहरुलाई मगर संघ धरान नगर समितीका अध्यक्ष चित्रराज थापा मगरले पद तथा गोपनियताको सपथ खुवाएका थिए। नेपाल मगर संघ प्रारभिक कार्यसमिती पाँचकन्या रहेको उक्त समिती पाँचकन्या गाविस धरानमा गाभिएपछि नेतृत्व विहीन अवथामा रहेको थियो। शुक्रवार वडा कमिटी गठन भएपछि संघले बैधानिकता पाएको छ।


कार्यक्रममा भैरव राना मगर, नवनिर्वाचित अध्यक्ष सन्तोष पिठाकोटे मगर, संघका पूर्व नगर अध्यक्ष नर कुमार मगराती मगर लगायतले शुभकामना मन्तवय व्यक्त गरेका थिए। संघका सदस्य अनिरुद्र थापा मगरको संचालन रहेको सो कार्यक्रम नगर अध्यक्ष चित्रराज थापा मगरको अध्यषतामा सम्पन्न भएको थियो।

10 thoughts on “नेपाल मगर संघ धरान ६ नं वडा कमिटीमा सन्तोष(भिडियो सहित)

टिप्पणीहरू are closed.