उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

दिव्य रोशनी/ उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी ९(जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन्।नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका थिए ।
त्यस्तै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन्भने जनमत पार्टीकी उम्मेदवार ममता झालाई २३ संघीय सांसद र १५ प्रदेशसभा सदस्यले मत दिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार संसद भवन, बानेश्वरमा भएको मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मत दिएका थिए।

6 thoughts on “उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

टिप्पणीहरू are closed.