सुनसरी क्षेत्र नं १ अन्तर्गत प्रतिनिधीसभा र प्रदेशसभा १(क) मा गठबन्धन अगाडी
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य अहिले भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आज मंगलवार विहान १०ः३० बजेसम्ममा प्रतिनिधीसभा अन्तर्गत ६ हजार ४ सय ३६ मत गणना हुदा नेकपा माओवादी अगाडी देखिएको छ। जसमा नेकपा माओवादीको चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले १२२२ मत पाएको छभने जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ११२२, घण्टी(गोमा तामाङ)ले १०९० र खरायो(मनोज मेन्याङवो)ले १०९१ मत प्राप्त गरेको छ।
यसैगरी राप्रपाको चुनाव चिन्ह हलोले १००४, सुर्यमुखी फुलले ११९, घन्टाघर(कुमार कार्की)ले १२९, पानीको जारले १५०, लाउड स्पीकरले २७, कुखुराको भालेले ८, क्रस खुकुरीले ८, सेलरोटीले १७, चापाकलले ८, दाप सहितको खुकुरीले १३, ढकनी ८, ढाका टोपीले ३, पानीको फिल्टरले ६, छत्रेटोपी ८, तिलहरी २, र ताराले ३५ मत ल्याएका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं १ कै प्रदेश सभा (क) प्रत्यक्षतर्फको ७ हजार ५ सय १६ मतगणना सकिदा गठबन्धनका नेपाली कांग्रेसको रुखले अग्रता लिएको छ। जसमा नेपाली काग्रेसको रुखले २१९५ मत पाएको छभने राप्रपा हलोले २१८१, नेकपा एमालेको सुर्य १९७९, लालटिन ४०६, लौरोले १८९, पानीको धाराले ११०, हजारी चिन्हले २३, दाप सहितको खुकुरीले ८६, तिरले २८, ढाका टोपीले २५, जिपले ४, डल्फिनले ९, पंखा ५ र ब्याडमिन्टनको कर्क १ मत पाएका छन्।

Pingback: 무료 다시보기
Pingback: 코인선물