सुवास राई स्मृती सुपर–८ लिगः धरान ११ र १८ ले १/१ अंक बाँड्यो

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिग कप अन्तर्गत शनिवार धरान वडा नं ११ र १८ नं वडाले १/१ अंक बाँडेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज शनिवार धरान रंगशालामा भएको खेलमा धरान ११ र धरान १८ ले बराबरी खेल्दै १/१ अंक बाडेको हो। खेलमा वडा ११ का बिक्कु राईले गोल गरेर अग्रता दिलाए पनि १८ नं वडाका सनक श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलको निर्धारित समयसम्म दुवै टिमबाट थप गोल नभएपछि धरान ११ र १८ नं वडाले १/१ अंक बाडेको छ। खेलको म्यान अफ दि म्याच धरान १८ का गोलकिपर सुशन श्रेष्ठ घोषित भए। उनले नगद २ हजार सहित मेडल प्रांप्त गरे।
सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा केही महिना अघि धरानमा सम्पन्न वडा स्तरीय गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरु सहभागी रहेको छ। लिगको ग्रुप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने ग्रुप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ। प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।
भोली आईतवारको खेल धरान ८ नं वडा र ५ नं वडाका बिच हुने आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लवले जनाएको छ।