स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउटमा धरान १ लाई ३ अंक

दिव्य रोशनी(धरान)/ स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा धरान १ ले ३ अंक जोडेको छ ।
धरान १६ स्थित रंगशालामा भएको खेलमा धरान वडा नं १ ले धरान वडा नं ५ लाई २–१ को गोलअन्तरले पराजित गर्दै ३ अंक जोडेको हो। खेलमा धरान १ का सन्दिप श्रेष्ठ र मनोज कुमार गुरुङले १÷१ गोल गरेका थिएभने धरान ५ का तर्फबाट १ मात्र गोल मन्दिप राईले गरेका थिए। खेलमा धरान १ का मनोज कुमार गुरुङ म्यान अफ दि म्याचसमेत घोषित हुँदै नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए ।
प्रतियोगितामा वडास्तरीय गोधुली रनिङ कपको क्वार्टरफाइनलसम्म पुगेका टप ८ टिमको सहभागिता रहेको छ। जसमा धरान वडा नं १७, १५, १, ५, ११, १४, १६ र २० नं वडाको सहभागिता रहेको छ ।
धरान उपमहानगरपालिका आयोजना र हाम्रो धरान भेट्रान क्लब संयोजन रहेको यस प्रतियोगिता जेठ २७ गतेसम्म संचालन हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
भोली आईतबार वडा नं १६ र वडा २० बीच खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।