लिम्बू चलचित्र “लुङा” शुक्रवारदेखी अल नेपाल रिलिज

दिव्य रोशनी(धरान)/ लिम्बू संस्कृतीमा बनेको चलचित्र “लुङा” शुक्रवारदेखी अल नेपाल रिलिज भएको छ।
निर्माता ज्योतिराज राईको ब्यानरमा भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र लुङा श्राावण ५ गतेबाट अल नेपाल रिलिज भएको हो। शुक्रवार धरानको फ्रेण्डस् सिनेमामा चलचित्र हेरे पश्चात् अधिकांश दर्शकहरुले फिल्म राम्रो बनेको बताए।लिम्बु समुदायको संस्कार संस्कृति संगै त्रिकोणात्मक प्रेम कथामा आधारित यस चलचित्रले विशेषगरी युवायुवतीहरुलाई आकर्षित गर्ने याक्थुङ चलचित्रकर्मी महासंघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्वोले बताए। उनले चलचित्र राम्रो मनोरन्जनात्मक बनेकाले सबैले हेरिदिन पनि आग्रह गरे। यसैगरी गोर्खा वेलफेयर धरानका निवर्तमान एरिया अफिसर तथा कलाकार पूर्ण लिम्बुले चलचित्र राम्रो बनेको र युवाहरु लक्षित चलचित्र बनेको बताए।त्यस्तै चलचित्रकर्मी महासंघ प्रदेश १ कार्यसमिती सदस्य रितेशजंग खत्रीले चलचित्र राम्रो बनेको बताउँदै लिम्बु समुदायका नदेखिएका पाटाहरुलाई यस चलचित्रले उजागर गरेको बताए।
गाउँले प्रेम कथा र लिम्बु संस्कृतिलाई विशेष महत्वका साथ उठाउन खोजिएको यस चलचित्रलाई किरण राईले निर्देशन गरेका हुन्। चलचित्रका निर्मातामा सन्जिव राई रहेका छन्भने प्रयास घिमिरे कार्यकारी निर्माता रहेका छन्।


पूर्वी पहाडी भेगमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम शेर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लित्तिम, सुदिप जंग कार्की, गंगा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल र सलिना गुरुङको अभिनय रहेको छ।
भुमिसा प्रोडक्सनसँंग इस्टन मिडियाको सहकार्य रहेको चलचित्र लुङामा बादल लिम्बू र अनिस श्रोष्ठको संगीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको श्राृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधान, निर्माण नियन्त्रक प्रयास घिमिरे, कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेल रहेका छन्।
भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका छन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाई काठमाडौँमा जिजिए गु्रप र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ।(साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १९ अंक १०)

One thought on “लिम्बू चलचित्र “लुङा” शुक्रवारदेखी अल नेपाल रिलिज

टिप्पणीहरू are closed.