काठमाण्डौका धरानेहरुलाई बुढासुब्बाको बाँस

दिव्य रोशनी/ काठमाण्डौ बस्ने धरानेहरुलाई बगैचा बनाउन पशुपति विकाश कोषले प्रदान गरेको पशुपतीनाथ परिसरको जमिनमा संस्कृति,पर्यटन तथा नागरीक उड्यायन मन्त्री सुदन किरांतिले विजयपुरबाट लगिएको बाँस, रुद्राक्ष, वेल, सालका बिरुवाहरु रोपण गरेर उद्धघाटन गरेका छन्।
शनिवार रोपण गरिएका बिरुवाहरु धरान वार्ड नं. १४ का वडा कार्यालयले संकलन गरी वडाध्यक्ष कृष्ण भट्टराईले काठमाण्डांै पठाएका थिए। ४ प्रजातिका बाँसका विरुवाहरु भने ओशो आश्रम धरान सर्दु खोलाबाट ल्याईएको थियो। वृक्षारोपण कार्यकममा मन्त्री किरांती आफैले खाडल खनेर बिरुवाहरु रोपण गर्दा विजयपुर निवासी सरोज खनालले स्वस्ती शान्ती मन्त्रोचारण गर्दै सबैले धुपदिप गरेर बगैंचा निर्माणको शुभारम्भ गरेका थिए।
रुद्राक्षरण्य धरान वाटिक नाम दिईएको सो बगैंचाको वरीपरी विभिन्न जातका बाँस रोपेर बाँसको जैविक म्युजियम र बिच भागमा दन्तकाली, पिण्डेश्वर, बुढासुव्वा, पन्चकन्या, वराहक्षेत्रको मन्दिरहरुको रुप झल्कने टोपरीया शैलीमा जैविक मन्दिर बनाईने योजना रहेको कुरा सो बगैचा निर्माणका परीकल्पनाकार तथा वातावरण पत्रकार आनन्द श्रेष्ठले जानकारी गराएका थिए। चारमहिना भित्र एउटा सुन्दर र अरु भन्दा भिन्न विशेषताको बगैंचा बनाउन धरानको एक कन्सल्टेन्सीले नापजांँच गरी डिपिआरको काम गरिरहेको उनले बताए। उद्धघाटन पश्चात् आफनो मन्तव्य व्यक्त गर्दै मन्त्री किरांतीले अबको धार्मिक स्थलहरुमा धर्म र प्रकृतिलाई जोडने प्रयास गर्नुपर्छ, जसको लागी यो बगैचा उदाहरणीय बन्न सकोस् भन्ने शुभकामना दिएका थिए।
सो कार्यक्रममा धरान उपमहानगर पालिकाका उपमेयर अईन्द्र विक्रम बेघा, प्रदेश न.ं १ की पुर्व उपसभामुख सरस्वती पोख्रेल, वरिष्ठ गायक तथा संगीतकार द्वीप श्रेष्ठ, पशुपति विकाश कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, धरान महिला संजालकी पुर्व अध्यक्ष चेतना श्रेंङ, व्यापारी देवेन्द्र बजगाई, ओम श्रेष्ठ लगायत धरानका लव्धप्रतिष्ठित व्यतिmहरुले पनि वृक्षारोपण गरेका थिए । धरानेहरुले जहिले पनि नौलो नौलो काम गरेर सबैमा उदाहरणीय वन्ने गरेकोमा प्रशंसा गर्दै यो बगैंचाले पनि अव धरानेहरुको नाम राख्ने कुरामा आफु विश्वस्त रहेको प्रदेश न.ं १ की पुर्व उपसभामुख सरस्वती पोख्रेलले बताईन् ।
यस्तै धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले पशुपतिनाथ मन्दिर जस्तो पवित्र तीर्थस्थलमा अध्यात्मिक बगैंचा बनाउने अवसर पाउनु धरानेहरुको लागी अर्को गौरवको विषय भएकोले यसको निर्माणको लागी हामी धरान भित्र बाहिर बस्ने सबै धरानेहरु जुट्नु पर्नेे बताए।
अब यो बगैचा निर्माणको लागी धरान सरोकार मन्च काठमाण्डौले पनि पहल लिने कुरा मन्चका महासचिव सरोज खनालले बताए।
गौशाला चोकदेखि प्रहरी चौकि हुँदै पशुपति मन्दिर जाने बाटैमा पर्ने झण्डै एक बिगाह जमिनमा फैलिएको पक्की पर्खाल सहितको सो स्थानमा सुरक्षाको लागी पर्यटक प्रहरी चौकि पनि रहेको छ। “सफा पशुपती सुन्दर पशुपति” भन्ने नारा दिएर मन्त्री सुदन किरांतीले ३ महिना पशुपति नाथ मन्दिर परिसर सफाई अभियान चलाएपछि पशुपतिनाथ परिसरमा रहेका अन्य खाली जमिनहरुलाई पनि बगैचा बनाउन विभिन्न सामाजिक संघ÷संस्थालाई प्रस्ताव आव्हान गरेका थिए।
तसर्थ सोही प्रस्ताव अनुसार धरान बाहिरका धरानेहरुको नाममा हालिएको प्रस्तावलाई कोषले शर्त सहित बगैचा बनाउन स्विकृत दिएको कुरा हाल काठमाण्डौ बस्दै आएका रंगकर्मी तथा पहलकर्ता राजेन्द्र रिमालले बताए। (साभार दिव्य रोशनी साप्ताहिक)