ग्रिन एण्ड क्लिन धरान अभियानमा मन्त्रि सुनुवार

धरानलाई हरियाली र सफा शहर बनाउन “ग्रीन एण्ड क्लिन धरान” अभियान शुरु गरिएको छ।
नेपाली कांग्रेसको भर्खरै सम्पन्न भएको सम्मेलनको घोषणा अन्तर्गत धरानलाई हरियाली र सफा शहर बनाउने अभियान शुरु गरेको हो। महामानव विपी कोईरालाको कोइरालाको ४१ औ पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिद्वारा आयोजित ग्रीन एण्ड क्लिन धरान कार्यक्रमको शुभराम्भ प्रदेश सरकारका विना विभागिय मन्त्री प्रदीप कुमार सुनुवारले गरेका थिए। उनले अभियान अन्तर्गत एक घर एक विरुवा प्रदान गरेका थिए।
कार्यक्रममा मन्त्रि सुनुवारले पुर्वको मुटुको रुपमा रहेको धरान शहरलाई सफा धरान शहर सँगै हरियालि बनाउने अभियान सुनसरी क्षेत्र नम्बर १ ले शुरुवात गरेकोमा प्रशंसा गरे। उनले कोरोना पछिको दोस्रो महामारीको रुपमा रहेको डेङ्गि नियन्त्रणमा मुख्य मन्त्रीको समेत चासो रहेको यसलाई नियन्त्रण गर्न कोशी प्रदेश सरकारको तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे।
यसैगरी अभियानका संयोजक सुनसरी क्षेत्र नम्बर १ का सभापति सुजेन्द्र तामाङ गोलेले गत असार २९ र ३० गते धरानमा सम्पन्न भएको क्षेत्रीय सम्मेलनले घोषणा गरे अनुरुप नेपाली काँग्रेसले “ग्रिन एण्ड क्लिन धरान अभियान” शुरु गरिएको बताए। उनले यस अभियान अन्तर्गत धरानका २० वटै वडामा १ घर १ बिरुवा वितरणका साथै सफाई अभियान पनि शुभराम्भ गरिएको बताए।


बीपी स्मृति दिवसको अवसरमा शुरु गरिएको अभियानको पहिलो दिन शनिवार धरान २० मा रहेको बीपी स्मृति पार्कमा राखिएको बीपीको शालिकमा माल्यार्पण समेत गरिएको थियोभने वृक्षारोपण कार्यक्रम समेत गरिएको थियो। उक्त विपि स्मृति पार्कमा मन्त्री सुनुवारले महामानव विपीले प्रतिपादन गरेको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक भएकोले सबैले अंगालेर जानुपर्ने बताए। त्यसैगरी नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेले कांग्रेसको यो बिरुवा रोप्ने अभियान ४० वर्ष अगाडि देखि नै विपी स्मृति दिवस अवसर पारेर देशभर बिरुवा रोप्ने गरिएको बताए।
नेपाली साहित्य क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिनु भएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको थियो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । उनको २०३९ साउन ६ गतेका दिन निधन भएको थियो । बीपीको निधनको भएको दिन पारेर नेपाली काँग्रेसले प्रत्येक बर्ष स्मृति दिवस मनाउदै आएको छ।
नेपाली काँग्रेस वन, वातावरण तथा विपद् व्यवस्थापन समिति क्षेत्र नं १ सुनसरीको संयोजन, नेपाली काँग्रेस वडा कार्य समितिको स्थानीय व्यवस्थापन र नेपाली काँग्रेस कृषि तथा भुमिसुधार विभाग कोशी प्रदेशको प्राविधिक सहयोग शुरु भएको उक्त अभियान अन्तर्गत काँगति र कफि लगायत अन्य जातका बिरुवा गरेर ४ सय भन्दा बढि वितरण गरिएको नेपाली काँग्रेसका प्रदेश सदस्य एवं प्राविधिक व्यवस्थापन संयोजक अन्जना राईले जानकारी दिईन्। अभियानमा कोशी प्रदेश साँसद ममता तामाङ , नेपाली काँग्रेस प्रदेश महामन्त्री उमेश थापा, लगायत काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।(साभारः दिव्य रोशनी साप्ताहिक, वर्ष १९ अंक १०)