मंगलवार थप २६० जनामा कोरोना संक्रमण पुष्टिः ११३ डिस्चार्ज

(दिव्य रोशनी)/ नेपालमा मंगलवार थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय १३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ।
यसैगरी हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.