कोरोना भाइरस बारे जान्नैपर्ने कुराहरु !
डा.अरुण कुमार सिंह,

(उप–प्राध्यापक, बालरोग विशेषज्ञ वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान. धरान) /
चीनमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (२०१९ एनसीओभी) भाइरस चीनको बुहान प्रान्तमा प्रथमपटक मानिसमा सरेको थियोभने हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ । आज शनिवारसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ७६ पुगेको छ । निको हुनेको संख्या ३६ रहेको छभने मृत्यु शुन्य रहेको छ । नेपालमा २ महिनाको बालक र ६ महिनाको बालिका पनि संक्रमित भइसकेका छन् ।
नेपालमा कोरोना संक्रमित दिन प्रति दिन बढ्ने क्रम जारी छ । कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा समेत रोग निम्त्याउने गर्दछ । मानिसहरूमा यसले श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउने गर्दछ, जुन प्राणघातक पनि हुन सक्छ । हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविष्कार भएको छैन ।
कोरोना भाइरस जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । मानिसहरूमा कोरोनाभाइरस सर्वप्रथम सन् १९६० मा देखिएको थियो । अनुमान गरिए अनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन । अरु भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेका छन् तर यो नयाँ भएकाले भन्न सकिन्न । तर चीनमा नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ । यो भाइरस चीनमा पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठनले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ (द्दण्ज्ञढ(लऋयख्) नाम दिएका छन् ।
कोरोना भाइरसको लक्षण के हो ?
कोरोना भाइरसको संक्रमित भए ज्वरो आउनु र खोकी लाग्नु,सास फेर्न गाह्रो हुने,छिटोछिटो सास फेर्नु । समयमा उपचार नभएका निमोनिया हुनु,सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,समयमा उपचार नभएका निमोनिया हुनु, मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ ।
कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?
– रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने ।
– भिडभाडमा सावधानी अपनाउने ।
– महत्वपूर्ण काम नपरेसम्म बाहिर ननिस्कने ।
– पौष्टिक आहारहरुको सेवन गर्ने ।
– वृद्धवृद्धा, बालबच्चा तथा रोगीहरुलाई विशेष ध्यान दिने ।
– माछामासु राम्रोसँग पकाएर मात्र खाने ।
– अन्जान मान्छेहरुसँग धेरै घुलमिल नगर्ने,
– हात मिलाउनुको सट्टा टाढैबाट नमस्कार गर्ने ।
– हातले (नाक,मुख,आंँखा) मा नछुने ।
– व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
– जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने ।
– खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने ।
विश्व स्वास्थ्य संगठन अनुसार कोरोना भाईरसबाट संक्रमित महिलाद्वारा नवजात शिशुको स्तनपान गर्दा कुनै खतरा नरहेको देखिन्छ । तथापि आमाले नवजात शिशुुको स्तनपान गराउँदा ध्यान राख्नु पर्ने कुराहरुः
– आमाले मास्क लाग्नु पर्छ र सांस लिनेमा हाईजीन सरसफाई नियमको पालन गर्नुपर्छ !
– नवजात शिशु लिनु भन्दा पहले र पछि हात धुनु पर्छ । यो नियमित र हरेक पटक गर्नु पर्छ।
– नवजात शिशुलाई घर वा अस्पताल जुन पनि ठाउँ तपाई जानु हुन्छ ,त्यहाँको सर–सफाईको विशेष ध्यान राख्नु पर्छ ।
उपचारः
कोरोना भाइरस विरुद्ध कुनै खोप वा औषधिको आविष्कार भएको छैन । कोरोना भाइरस विरुद्ध कुनै खोपको हाल दाबी गरे पनि आधिकारिक मान्यता दिएको छैन । यदि लक्षण देखिएमा चिकित्सकलाई सम्पर्क गर्ने ।
(थप जानकारी लिनुपरे डा.अरुण कुमार सिंहलाई ९८४४२४१३९७ मा निःशुल्क लिन सकिन्छ ।)
2020 Dec 31; 13 1 114 generic cialis for sale
OS for A miR 221, and D miR 222 in TCGA; OS for B miR 221 and E miR 222 in GSE19536; C OS for miR 221 F and miR 222 in GSE22220 cialis professional Several longitudinal and cross sectional studies have been carried out to determine the prevalence of hypogonadism in men
When more symptoms took hold in 2019, she sensed that viral infection alone did not explain them order cialis