गर्मी मौसमा देखिने कालाजारः लक्षण र बच्ने उपाय
लोकेन्द्र अवस्थी/
गर्मी बढेसँगै लामखुट्टेबाट सर्ने रोगको संक्रमण फैलिने क्रम बढ्दो छ। लामखुट्टे, भुसुना जस्ता परजीवीको टोकाइबाट हुने संक्रमणले गर्मीको मौसममा धेरै सताउने गर्छ। त्यसमध्ये एक हो “कालाजार”। लेस्मेनिया नामक परजीवीको संक्रमणबाट हुने रोग हो “कालाजार”। यो रोग सेन्ड फ्लाई भनिने भुसुनाको टोकाइबाट सर्छ। लेस्मेनिया परजीवीको संक्रमणबाट तीन प्रकारका रोग उत्पन्न हुन्छन्।
१. क्युटेनिएस लेस्मेनियासिसः जसले छालामा असर गर्छ।
२. म्युकोसल लेस्मेनियासिसः जसले मुख, नाक अर्थात् म्युकस मेम्ब्रेनमा असर गर्छ।
३.भिसरल लिस्मेनियासिसः जसलाई “कालाजार” भनिन्छ। यसले कलेजो, स्प्लिन जस्ता शरीरका भित्री अंगमा असर गर्छ। उपचार नगरेको खण्डमा यो रोगले मान्छेको ज्यानै समेत लिन सक्छ ।
नेपाल लगायत संसारभरि यो रोग पाइन्छ। यो रोगबाट प्रायजसो गरिब, अशिक्षित, कुपोषित, रोज प्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसहरु पीडित हुन्छन्। विशेषगरि तराईका क्षेत्रहरुमा बढि पाइने गरेको यो रोग यातायातको सहजताले पहाडी क्षेत्रबाट मानिसको तराईमा आहोर–दोहोर हुने गर्दा र जलवायु परिवर्तनले गर्दा पहाडी क्षेत्रमा पनि यसको जोखिम बढ्दै गएको छ ।
कसरी सर्छ कालाजार?
यो रोगको कारक परजिवी लेस्मेनिया पोथी भुसुनाको टोकाईबाट मानिसमा सर्छ। गर्मीयाममा साँझपख र राति बढी सक्रिय हुने भुसुनाहरुको टोकाइबाट लिस्मेनिया परजीवी संक्रमित ब्यक्तिबाट अरु ब्यक्तिमा सर्दछ। संक्रमित कुकुरलाई टोकेको भुसुनाले टोक्दा यो रोग कुकुर बाट मान्छेमा सर्दछ र संक्रमित रगत ट्रान्स्फ्युज गर्दा वा एउटै सिरिन्ज रोगी तथा अन्य मानिसलाई प्रयोग गर्दा पनि यो रोग सर्न सक्छ ।
रोगका लक्षणः
१) जिउको रङ्ग कालो हुँदै जाने
२) दुई हप्ता भन्दा बढी समयसम्म ज्वरो आउने
३) पेट सुन्निएर बायाँतर्फ सर्दै जाने
४) कमजोरि हुँदै जानु, दुब्लाउनु
५) रक्तअल्पता हुनु
भुसुनाले टोकेपछि यो रोगका लक्षणहरु देखिन धेरै समय लाग्न सक्छ ।
कालाजारको निदानः
सामान्य रगतको जाँच तथा हाडभित्रको मासी जाँच गरेर यो रोगको निदान गरिन्छ।
उपचारः
कालाजार उपचारबाट निको हुने रोग हो। एम्फोटेरेसिन बि, सोडिएम स्टिबोग्लुकोनेट, मिल्टेफोसिन आदि कालाजार विरुद्ध प्रयोग गरिने औषधि हुन्।
बच्ने उपायः
कालाजार विरुद्ध अहिलेसम्म खोप उपलब्ध छैन।
भुसुनाको टोकाइबाट बच्नु नै रोगबाट बच्ने एक मात्र उपाय हो। यसबाट बच्न निम्न उपाय अपनाउन सकिन्छः
१) लामो बाहुला भएको कमिज, लामो पेन्ट र मोजा लगाउने।
२) शरीरमा भुसुना भगाउने तेल वा क्रिम लगाउने ।
३) साँझको बेला घरबाहिर नघुम्ने ।
४) सम्भव भएसम्म घरको माथिल्लो तलामा सुत्ने ।
५) सुत्दा झुलको प्रयोग गर्ने
६) भुसुना नियन्त्रण गर्ने रासायनिक पदार्थ छर्किने ।
७) भुसुना फैलिन नदिन घर तथा घर वरिपरिको सरसफाइमा ध्यान दिने।
८) घरको भित्तामा रहेका चिराहरु र प्वाल पुर्ने ।
(लेखक अवस्थीः विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्षमा अध्यनरत हुनुहुन्छ।)
generic cialis tadalafil In the evaluation of patients with joint symptoms who are suspected of having RA, other differential diagnoses should be considered