ज्ञानमाला संघ सुनसरीको आयोजनामा धरानमा पेट सम्बन्धी निःशुल्क स्वस्थ्य शिविर

पेटको समस्या ग्यासस्टिक जस्ता सामान्य जस्तो लाग्ने रोग देखि लिएर क्यान्स जस्ता रोगको सिकार हुनु पर्ने भएकाले बेलैमा सचेत हुनुपर्ने डा. सन्दिप राज व्रजचार्यले वताए । पेट सम्बन्धी जटिल भन्दा सटिल समस्या पनि भए पनि यसको उपचार र खानपानमा ध्यान दिन सके रोगको निदान पनि गर्न सकिने डा.व्रजचार्यले बताए । ज्ञानमाला संघ सुनसरीले आफ्नो रजत जयन्तीको अवशरमा बुद्ध विहार धरान ८ मा उक्त शिविर सम्पन्न गरेको हो ।  शिविरमा ६८ जना विरामीको जाँच गरिएको थिए । विमारीहरुलाई म्यानस फर्माले आवश्य औषधि निःशुल्क उपलब्ध गराएको थियो भने विरतामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक धरानले निःशुल्क प्रेसर सुधर जाँच गर्नुका साथै सहुलियत दरमा अन्य जाँच गर्ने सुविधा प्रदान गरेको कार्यक्रम संयोजक रेवा श्रेष्ठले बताईन । 

 ज्ञानमाला संघ सुनसरीका अध्यक्ष एवं लोकप्रिय गायिका रमना श्रेष्ठको अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बुद्ध विहार धरान ८ की अध्यक्ष प्रमुख अथिति रहनु भएको थियो । बुद्धको शिक्षालाई भजनको माध्यमद्वारा जनमानसमा पु¥याउनु ज्ञानमाला संघको उद्देश्य भएको अध्यक्ष श्रेष्ठले बताउदै आराग्य हुनु र आरोग्य हुन सहयोग गर्दा ठूलो पुण्य लाभ हनुे कुरा भगवान बुद्धले बताउनु भएको कुरा स्मरण गराउदै चिकित्सक एवं सम्पूण टिमलाई आभार व्यक्त गरिन । 

  रजत जयन्ति विभिन्न कार्यक्रम गरेर मनाउने क्रममा यस निःशुल्क स्वास्थय शिविर आयोजना गरेर आफुहरुलाई पनि सेवा गर्न अवशर दिनु भएकोमा डा. सन्दिप वज्रचार्यले खुशि व्यक्त गर्दै सामाजिक काममा आफु सर्धै सर्मपित हुने धारणा व्यक्त गरेका थिए । 

कार्यक्रममा शिविर व्यवस्थापन समितिका सदस्य मोहन श्रेष्ठ, महिला संजालकी पूर्व अध्यक्ष शिला बज्रचार्य लगायत संघका पदाधिकारी एवं विहारका उपासक उपासिकाहरुको बाक्लो उपस्थितिर रहेको थियो । शिविरको औपचारिक कार्यक्रम संचालन चन्द्रा हलवाईले गरेकी थिईन ।

One thought on “ज्ञानमाला संघ सुनसरीको आयोजनामा धरानमा पेट सम्बन्धी निःशुल्क स्वस्थ्य शिविर

टिप्पणीहरू are closed.