धरानमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन सम्बन्धि अन्तरक्रिया

दिव्य रोशनी(धरान)/ धरानमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन सम्बन्धि अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
नेपाल चिकित्सक संघको आयोजनामा आईतवार विपी प्रतिष्ठानको अडिटोरियम हलमा भएको अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा उत्पन्न हुनसक्ने सुरक्षा जोखिमका लागि विद्यमान कानुनको प्रावधानको विषयमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, न्यायिक निकाय, जनप्रतिनिधि, प्रशासन र राजनीतिक दलका बिचअन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले चिकित्सक माथि हुने आक्रमण रोकिन नसक्दा अधिकांश चिकित्सकहरु विदेसिन बाध्य भएको बताए। उनले डाक्टरले गलत कार्य गरेको भए कानुनी निकायमार्फत कारबाही हुने बताउँदै अहिले नेपालमा ६ सय स्वास्थ्यकर्मी यस्ता घटनाबाट पिडित बनेको बताए।
छलफलमा धरान १६ का वडाअध्यक्ष मुरारी भट्टराईले चिकित्सकको राजनीति र राजनीतिक हस्तक्षेपले गर्दा समस्या सिर्जना हुने बताए। उनले स्वास्थ्यकर्मीहरुलाई कानुनले मात्र सुरक्षा दिन नसक्ने भएकाले स्वास्थ्यकर्मीहरुले पनि आफ्नो व्यवहार सुधार गर्नुपर्ने बताए । यसैगरी इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेले सबैलाई कानुन समान रूपमा लाग्ने भएकाले सबै पक्षले आफ्ना कमजोरी सुधार गर्नुपर्ने बताए।