एसिजिले म्यारथन दौड प्रतियोगिताको आयोजना गर्ने

दिव्य रोशनी(धरान)/ एम्स क्रीयटिभ ग्रुपले म्यारथन दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ।
धरान १२ स्थित एम्स एकेडेमीमा रहेको बिद्यार्थीहरुको सामाजिक संस्था एम्स क्रीयटिभ गु्रप (एसिजि)ले यही जेठ २६ गते म्याराथन दौड प्रतियोगिताको आयोजना गर्ने भएको हो। सोमबार एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा एसिजिका अध्यक्ष अंकित श्रेष्ठले एस.ई.ई. दिएर बसेका बिद्यार्थीहरुबिच सद्भाव र आत्मियता बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए। उनले प्रतियोगितामा छात्र र छात्रा गरि अलग अलग दुई समुहमा प्रतियोगिता गराईने समेत बताए।
प्रतियोगितामा छात्र/छात्रा दुबैतर्फका प्रथम हुनेले नगद ५ हजार र प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृति प्राप्त गर्नेछन्भने दोश्रो हुनेले नगद ३ हजार सहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृति पाउनेछन्। यसैगरी प्रतियोगितामा तेश्रो हुनेले नगद १ हजार सहित प्लस टु अध्ययनका लागि ३५ प्रतिशत छात्रवृति प्राप्त गर्ने एकेडेमीका म्यानेजमेन्ट को–अर्डिनेटर दुर्गा सुबेदीले बताए। उनले प्रतियोगितामा सहभागी सम्पुर्ण बिद्यार्थीहरुले कक्षा ११ को भर्ना शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्ने समेत जानकारी दिए।
प्रतियोगितामा सहभागी हुन चाहने बिद्यार्थीहरुको नाम निःशुल्क दर्ता गराईने एकेडेमीका प्रीन्सिपल सन्तोष कोईरालाले जानकारी दिए। उनका अनुसार दौड प्रतियोगिता एम्स एकेडेमी देखि शुरु भई छाताचोक, भानुचोक, पुतली लाईन, दुर्गाचोक, पानीट्यान्की हुँदै एम्समै आएर टुंगीने छ।