धरान १७ गोधुली फुटबल रनिङ कपको फाईनलमा (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान १७ गोंधुली फुटबल रनिङ कपको फाईनलमा पुगेको छ।
धरान रंगशालामा विहिवार भएको दोस्रो सेमिफाईनल खेलमा धरान १४ लाई ० का विरुद्ध ३ गोल गर्दै धरान १७ फाईनलमा पुगेको हो। खेलमा धरान १७ का तर्फबाट पहिलो हाफको ३५ औं मिनेटमा युनेस बुढाथोकीले पहिलो गोलको खाता खोलेका थिए। यसैगरी खेलमा मिलन राईले दोस्रो हाफको ३७ मिनेटमा गोल गरेका थिएभने कृष्ण राईले ४५ औं मिनेटमा गोल गरेका थिए।


निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा धरान १४ ले पाएका राम्रा अवसरहरुलाई गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिनुपर्यो। प्रतियोगिताको म्यान अफ दि म्याच धरान १७ का युनेस बुढाथोकी घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे। शनिवार हुने फाईनल खेलमा धरान १७ ले १३ नं वडासंग उपाधीका लागी भिड्ने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।
प्रतियोगिताका बिजेताले नगद १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्यक्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५/२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ।
यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिड फिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले बताए।