हराईजन थ्री बाई थ्री बास्केटबलको आयोजना हुने

दिव्य रोशनी(धरान)/ यही बैशाख २६ देखी २७ गतेसम्म हराईजन थ्री बाई थ्री बास्केटबलको आयोजना हुने भएको छ।
हराइजन क्लवको आयोजनामा हरेक वर्ष राष्ट्रिय स्तरको हराईजन बास्केटबल रनिङ कप प्रतियोगिता संचालन हुँदै आएपनि यसपालि कोर्टको पुनः निर्माण नभइसकेकोले विशेष संस्करणको रुपमा थ्री बाई थ्री प्रतियोगिता सञ्चालन गरिन लागिएको हो। मंगलवार आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष श्री भक्त राईले हरेक वर्ष राष्ट्रिय स्तरको प्रतियोगिता संचालन हुँदै आएपनि बास्केटबल कोर्ट रहेको स्थान धरान १७ स्थित श्री माविको भवन थप विस्तार गर्ने क्रममा धरान उपमहानगरपालिकाले गतवर्ष भत्काएकोले फुलकोर्ट सञ्चालन गर्न नसकिएको बताए। उनले मेयर हर्क साम्पाङले प्रतियोगिता आउन अघि बनाइदिने सहमति गरेपनि अहिले सम्म नबनाएकोले फुलकोर्टमा खेल आयोजना गर्न नसकिएको समेत जनाए। उनले भने “्नयाँ कोर्ट निर्माणका लागि ८ लाख ५० हजारको लागत स्टिमेट बनिसकेको छ, हामीले मेयर सावलाई डेलिगेसन गएर आग्रह गरेका छौँ उहाँले निर्माण गरिदिने बचन दिनु भएको छ।”
प्रतियोगितामा यलम्बर ए,बि, आयोजक होराईजन, तरहरा, ब्रदर्स ए,बि,सी, हराईजन जेआर, रेवा, धरान १३, ईटहरी, मेची हुपर्स, मिराकल ए, बि, युवा जागृती, बिराटनगर र सिलचोङ गरी १७ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ट्रफि सहित नगद ४० हजार प्राप्त गर्नेछन्भने उपविजेताले नगद २० हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने छन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजारका साथमा ट्रफि र मेडल प्राप्त गर्ने पनि अध्यक्ष राईले बताए।
पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष पञ्चकला राई, सल्लाहकार प्रकाश राई लगायतको उपस्थिती रहेको थियो।