तेस्रो सुवास राई स्मृति सुपर–८ को उपाधी १७ लाई(भिडियो सहित)

मनिता चाम्लिङ
दिव्य रोशनी(धरान)/
सुवास राई स्मृती सुपर–८ को उपाधी धरान १७ ले जित्न सफल भएको छ।
सोमवार धरान रंगशालामा भएको फाईनल खेलमा धरान १४ लाई ट्राईब्रेकरमा ४ का विरुद्ध ५ गोल गर्दै धरान १७ ले उपाधी जित्न सफल भएको हो। खेलको निर्धारित समयसम्म दुवैतर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो। जसमा धरान १७ का तर्फबाट मिलन राई, कृष्ण राई, फुर्वा तामाङ, दिनेस खड्का र पासाङ तामाङले गोल गरेका थिएभने धरान १४ का तर्फबाट विपिन श्रेष्ठ, आशिष पुरी, बिनोद राई, र विवेक राईले गोल गरेका थिएभने आमोस लिम्बुको प्रहार बाहिरिएको थियो।


यसअघि आईतवार दुई टिम बिच भएको फाईनल खेल निर्धारित समयसम्म कुनैपनि गोल नभएपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो। ट्राईब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। तर सडन डेथमा दुबै टिमबाट १५/१५ पटक गोल प्रहार भएपनि १३/१३ गोलको बराबरी भएपछि अध्याँरोका कारण खेल स्थगित गर्दै सोमवार पुनः फाईनल खेल खेलाईने आयोजकले निर्णय गरेको थियो।
प्रतियोगिताका बिजेता धरान १७ ले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया पाएको छभने उपबिजेतामा सिमित धरान १४ ले नगद १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गरेको छ । यसैगरी खेलको म्यान अफ द म्याच धरान १४ का मनिष लिम्बु घोषित भए। उनले नगद ३ हजार प्राप्त गरे।
यसैगरी प्रतियोगितामा बेष्ट गोलकिपर धरान १७ का आशिष कार्की, बेष्ट डिफेण्डर धरान १७ का प्रज्जवल थापा, बेष्ट मिड फिल्डर धरान १४ का विवेक राई, बेष्ट स्ट्राईकर धरान १४ का विनोद राई, बेष्ट कोच धरान १७ का अजुर्न राई, राईजिङ प्लेयर धरान ११ का समिप राई घोषित भए। उनिहरुले जनही नगद ५ हजार ५ सय सहित ट्रफि प्राप्त गरे। यसैगरी प्रतियोगिताको बेष्ट प्लेयर धरान १७ का कृष्ण राई घोषित भए। उनले नगद १० हजार सहित ट्रफि पाए।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भएको सो प्रतियोगितामा वडास्तरिय गोधुली फुटबल प्रतियोगिताका उत्कृष्ट ८ वटा वडाहरुको सहभागिता रहेको थियो। प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाईएको थियो। प्रतियोगिताको पहिलो र दोस्रोे संस्करणमा धरान १५ विजेता बनेको थियो।