हराईजन बास्केटबल रनिङकपःनेपाल पुलिस सेमिफाइनलमा

दिव्य रोशनी(धरान)/ सातौँ संस्करणको राष्ट्रिय हराईजन बास्केटबल रनिङकप प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान–१७ स्थित हराईजन बास्केटबल कोर्टमा सोमबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा पुलिसले होलिल्याण्ड इन्टरनेशनल कलेज धरानलाई ४६ का विरुद्ध ९९ स्कोर निकाल्दै जित निकालेको हो। खेलमा पुलिसका सायुन राईले व्यक्तिगत १८ स्कोर गरेका थिए। उनी प्रतियोगिताका अफ द म्याच घोषित हुँदै नगद १ हजार ५ सय पाए।


पुलिसले अब आगामी बिहीबारहुने सेमिफाइनलमा आयोजक हराइजन क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।आईतवार भएको उद्घाटन खेलमा आयोजक हराईजनले ज्याकवट क्लब झापालाई ४४ का विरुद्ध ७२ स्कोरले पराजित गरेको थियो।
भोलि मंगलवारको खेल डिफेण्डिंग च्याम्पियन टाइम्स क्लब काठमाडौँ र विराटनगर बास्केटबल एकेडेमी बिच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार पाउनेछ।

4 thoughts on “हराईजन बास्केटबल रनिङकपःनेपाल पुलिस सेमिफाइनलमा

टिप्पणीहरू are closed.