धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिता हुने(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ गोर्खा सिमेट्री ट्रष्टद्वारा धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिताको आयोजना गरिने भएको छ।
आईतवार धरानमा आयोजित पत्रकार सम्मेलनमा ट्रष्टका अध्यक्ष महेन्द्र कुमार राईले विश्व युद्ध लडेका पूर्व गोरखा वीर योद्धा सैनिकहरूको सम्मानमा दौड प्रतियोगिताको आयोजना गरिन लागेको बताए। उनले सोही अवसरमा दोस्रो विश्व युद्ध लडेका १०० वर्ष नाघेको ३ जना पूर्व गोरखा वीर योद्धाहरूलाई सम्मानित गरिने समेत बताए।

आगामी चैत ४ गते हुने ट्रायल ब्लेजर धरान १८ थित रत्नचौकबाट शुरु भई विष्णुपादुका स्थित गोर्खा स्मृति पार्कमा पुगी समापन हुने बताईएको छ। प्रतियोगिताको विजेताले नगद १५ हजार पुरस्कार पाउनेछन्भने, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले सान्त्वना स्वरुप ३ हजार पाउने बताइएको छ। गोर्खा पार्कमा हुने समापन समारोहमा पूर्व गोरखा वीर योद्धाहरू ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई, तेह्रथुम घर भई हाल धरान– ११ मा बसोबास गर्दै आएका १०१ वर्षीय धनदल लिम्बु र संखुवासभा घर भई हाल विराटनगर बस्दै आएका १०१ वर्षीय मानबहादुर लिम्बुलाई सम्मान गरिने अध्यक्ष राईले बताए। उनका अनुसार गोर्खा ट्रायल ब्लेजरमा लगभग २ सय जनाको सहभागिता हुने अनुमान गरिएको छ।
Pingback: online tramadol hydrochloride usa
Pingback: สล็อต ฝากถอน true wallet เว็บตรง 888pg