धरानको १२२ औं स्थापना दिवस शुरु, धरानलाई घुम्न आउने पर्यटकीय स्थलको विकास गरिने
दिव्य रोशनी(धरान)\आज २० गते बुधबारदेखि धरानको १२२ औं स्थापना दिवस शुरु भएको छ। तिनदिनसम्म सञ्चालन हुने यस उत्सवमा शैक्षिक प्रदर्शनी, श्रम संस्कृतिका फोटो प्रदर्शनी, घरेलु सामाग्रीहरु, फुलका नर्सरीहरु एव. जातिय परिकारहरुको स्टलहरु राखिएका छन्।
कार्यक्रमको प्रमुख अतिथी सुनसरी क्षेत्र नं. १ का प्रतिनिथीसभा सांसद अशोक कुमार राईले द्विप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो। प्रमुख अतिथी राईले सम्बोधनकोक्रममा यो धरान उत्सवले धरानको विकास, आर्थिक समृद्धि र उन्नतिसँगै धरानको पर्यटनमा जोड दिएको बताए।
कार्यक्रमको अध्यक्ष धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले मन्तव्य व्यक्त गर्दै फेसबुक र युट्युबमा हेर्ने पर्यटन नभइ मान्छे घुम्न आउने पर्यटन बनाउन आवश्यक रहेको बताउँदै धार्मिक पर्यटनका लागि बाटोघाटोको जरुरत भएको बताए।
यस्तै कार्यक्रममा १ नं. प्रदेशका प्रदेशसभा सदस्य रमेश कुमार बस्नेत, पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बा, राजनैतिक दलकातर्फबाट नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेल समेतले सम्बोधन गरेका थिए।


उपमेयर अईन्द्रविक्रम बेघाको स्वागत मन्तव्य रहेको सो कार्यक्रम प्रशासकीय अधिकृत गणेश खतिवडाले सञ्चालन गरेका थिए। कार्यक्रमबीच धरानको विकासमा योगदान पुरयाउने विभिन्न संघ–संस्था एवं पत्रकारलाई सम्मान समेत गरिएको थियो।
उद्घाटन कार्यक्रम अघि पब्लिक माविको प्राङगणबाट धरान उपमहानगरपालिकाको कर्मचारी, विभिन्न विद्यालय, जातजातिको झाँकी सहितको र्यालीले चतरालाईन, छाताचौक, महेन्द्रपथ, भानुचौक, पुतलीलाईन, सब्जीलाईनहुँदै पुनः पब्लिक माविको प्राङ्गणमा आई टुंगिएको थियो।
सो कार्यक्रम पश्चात् धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा लोकदोहोरी कार्यक्रम समेत आयोजना गरिएको थियो।
उद्घाटन कार्यक्रमको पुर्वसन्ध्यामा बिहान ७ बजे धरानको भानुचौकदेखि धरान १३ स्थित श्रम संस्कृति पार्कसम्म पदयात्रा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सेवक अभियान धरानको संयोजन तथा रोटरी क्लब अफ धरान घोपाको सह–संयोजन रहेको थियो।
त्यसश्चात् मेयर हर्कराज साम्पाङ राईद्वारा धरान ७ स्थित भुपेन्द्र पार्कको उद्धघाटन समेत गरिएको थियो।
Pingback: 5 สถานที่ คอหวย นิยมไปขอเลขกัน
Pingback: relax everyday
Pingback: ชีวกลศาสตร์
Pingback: slot gacor
Pingback: blote tieten
Pingback: fake info
Pingback: นำเข้าสินค้าจากจีน
Pingback: เว็บ slot ใหม่ล่าสุด2024
Pingback: Sylfirm
Pingback: Electrical Engineering
Pingback: betflix allstar
Pingback: โรงงานผลิตสายรัดพลาสติก
Pingback: fox888
Pingback: dark168
Pingback: Dental
Pingback: ทางเข้าpg
Pingback: webcam coins
Pingback: บาคาร่า คืนค่าคอม