अंग्रेजी नयाँवर्षलाई लक्षितगरी भेडेटारमा फुड फेस्टिबल हुने(भिडीयो सहित)

दिव्य रोशनी(धरान)/ अंग्रेजी नयाँ वर्षलाई मध्य नजर गर्दै प्रदेश नं १ कै रमणिय एवं पर्यटकिय स्थल भेडेटारमा तिनदिने दशौं भेडेटार फुड फेस्टिवल हुने भएको छ।
धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिकाको वडा नं ६ मा अवस्थित भेडेटारमा पर्यटक प्रवद्र्धनका लागि होटल एशोसिएसन भेडेटारले यही पौष १६ देखि १८ गतेसम्म तीन दिने फुड फेस्टिवलको आयोजना गर्न लागेको हो।
शनिवार भेडेटारमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै एशोसिएसनका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले भेडेटारको समग्र आर्थिक विकासका लागि फेस्टिवलको आयोजना गर्न लागी परेको बताए। उनीले फेस्टिवलमा भेडेटार क्षेत्रमा पाइने जातीय खानेकुरा, अर्गानिक उत्पादन, कृषि तथा घरेलु उत्पादनहरुको प्रर्वद्धन हुने पनि बताईन्।


सामुद्री सतहदेखी १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटरको उचाईमा रहेको यस भेडेटार क्षेत्रमा छिनछिनमा नै मौसम बदली भईरहन्छ।यसका साथै सिएनएनको सर्वेक्षणले विश्वको घुम्नैपर्ने १२ औं स्थानमा भेडेटारको नाम्जेलाई राखेपछि यस ठाउँको नाम अझ चर्चित भएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। उनले भेडेटारवासीको मुख्य आय भनेकै पर्यटन र कृषि भएकाले गाउपालिकाले पनि पर्यटनको विकास र प्रवद्र्धनमा ध्यान दिएको बताए।
उक्त फेस्टिबलमा जातिय खानेकुराको प्रदर्शनी, स्थानिय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, सांस्कृतिक झाँकी कार्यक्रम र राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने बताईएको छ।साथै फेस्टिबलमा जिप लाईन र प्याराग्लाईडिङ समेत गर्न पाईने भएको छ।
साविक भेडेटार गाविस भएपनि अहिले साँगुरीगढी गाउँपालिका धनकुटामा पर्ने भेडेटार तथा आसपासमा अत्यन्तै आकर्षक पर्यटकीयस्थल शैलुङ डाडाँ, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर÷भेडेटार पार्क, पिकनिक स्पट, आत्मघर, थुम्कीमा रहेको सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना (नमस्ते झरना), साँगुरी गढी(सायोक),नाम्जे गाउँ होमस्टे, ओख्रे भ्यु टावर, ध्वजे डाडाँ, अजंगको बरको रुख, थाउजेन बिग बुद्ध लगायतका रहेका छन्।महोत्सव अवधिभर भेडेटारदेखि सिमसुवा र नाम्जेसम्मका होटलहरुमा १ करोडको कारोवार हुने र फेस्टिवलमा २० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको पुर्व अध्यक्ष विष्णुराज श्रेष्ठले बताए। उनले फेस्टिवल अवधीभर भेडेटारका होटल र लजहरुमा १० प्रतिशत देखी १५ प्रतिशत सम्म छुट गरिएको बताए। (साभारःदिव्य रोशनी साप्ताहिकबाट)

8 thoughts on “अंग्रेजी नयाँवर्षलाई लक्षितगरी भेडेटारमा फुड फेस्टिबल हुने(भिडीयो सहित)

टिप्पणीहरू are closed.