महिला सञ्जालद्धारा शान्ता खड्का विरुद्ध प्रहरीमा उजुरी(भिडीयो सहित)

दिव्य रोशनी (धरान)/ विभिन्न घटनामा महिला सञ्जालको नाम लिएर धरान १४ की शान्ता खड्काले पैसा माग्ने गरेको भन्दै कानुनी कारबाहीको लागी प्रहरीमा निवेदन परेको छ।
शुक्रबार महिला सञ्जाल धरानले खड्काविरुद्ध ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएको हो । सञ्जालकी अध्यक्ष सपना राईद्धारा हस्ताक्षरित निवेदनमा धरान १७ की रविना चौधरीको मृत्यु भएको घटनामा थुनामा रहेको उनको श्रीमानलाई मुद्दा मिलाइदिने भन्दै खड्काले पैसाको माग गरेको उल्लेख गरिएको छ। मृतकका आफन्तहरुले मिडियामा आरोपित खड्काले संजालको नाम सार्वजनिक गरेकाले कानुन वमोजिम कारबाही गर्न र भविष्यमा यस्तो अपराध हुन नपाउने व्यवस्था गर्न पनि महिला सञ्जालले माग गरेको छ।


प्रहरीमा निवेदन दिनुअघि महिला सञ्जाल धरानले पत्रकार सम्मेलनको आयोजना समेत गरेको थियो। पत्रकार सम्म्ेलनमा संजालका अध्यक्ष सपना राईले विगतमा पनि खड्काले सञ्जालको नाम लिएर पैसाको बार्गेनिङ गरेको थाह पाएपछि प्रहरी कार्यालयमा बोलाएर आइन्दा नगर्ने सर्तमा छोडिएको बताईन्। उनिले यसपाली मृतक रविना चौधरीका आफन्तले नै खड्काको नाम लिएर बार्गेनिङ गरेको भनेर बोलेको प्रमाण रहेकाले कानुनी कार्वाहीका लागी प्रहरमिा निवेदन दिएको बताईन्। शान्ता खड्का महिला सञ्जालमा आवद्ध नरहेको समेत संजालले जनाएको छ।
सञ्जालले आफ्ना पदाधिकारी तथा सदस्यहरुको उपस्थित बिना सञ्जालको नाम लिएर कुनै पनि व्यक्ति तथा संस्थाले त्यस्तो कार्य गरे जवाफदेही नहुने पनि जनाएको छ। साथै, कोही व्यक्तिले मुद्धा मिलाईदिनछु भन्दै पैसाको बार्गेनिङ गरेको थाहा हुन आएमा प्रहरी अथवा संजालका पदाधीकारीहरुसंग सम्पर्क राख्न समेत अनुरोध गरेको छ।
यस विषयमा आरोपित खड्का संग सम्पर्क राख्दा खड्काको मोवाईलको स्विच अफ रहेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)