कोरोना महामारीले सुनसान छ होमस्टे क्षेत्र
नरेन कुलुङ, धरान
निषेधाज्ञाभन्दा अगिसम्म आन्तरिक पर्यटकहरूको निकै चहलपहल देखिने धरान–४ को देवीथान अहिले भने सुनसान छ । धरान उपमहानगरपालिकाको सहयोगमा सञ्चालित ‘होमस्टे’ (गृहवास) का कारण त्यहाँ आन्तरिक पर्यटकहरूको आवागमन हुने गरेको थियो तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि त्यो ठाउँ सुनसान भएको हो ।


धरानको भानुचोकबाट लगभग २० किलोमिटर माथि पर्छ, देवीथान । भेडेटारभन्दा थोरै तल त्यही बाटोबाट दाहिनेपट्टि अलिकति मास्तिर चढेपछि होमस्टे सञ्चालित स्थानमा पुग्न सकिन्छ । निषेधाज्ञा र गर्मीको बीचमा समाचार सङ्कलनका लागि त्यहाँ पुग्दा वान लबर होमस्टे एन्ड कटेजका सञ्चालक भरत आले फुर्सदिला देखिन्थे । उनको फुर्सद्को एकमात्र कारण हो, निषेधाज्ञाका कारण होम्स्टेमा पाहुनाहरू नआउनु । पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै समुदायमा एक वर्ष अगिमात्र सञ्चालन सुरु गरिएको होम्स्टेमा पर्यटक नआउँदा सञ्चालक आले चिन्तित देखिन्थे ।
सामान्य अवस्थामा दैनिक ३०–३५ जना पर्यटक पुग्ने देवीथानमा निषेधाज्ञाका कारण पर्यटक आउने क्रम अहिले ठप्प भएको छ । देवीथान क्षेत्रमा रहेका करीब ४० घरमध्ये हाल पाँचवटा घरमा होमस्टे सुरु गरिएको होमस्टे सञ्चालक भरत आले मगर बताउँछन् ।

नेपालमा स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टेलाई प्रदेश १ मा इलाम जिल्लाको श्रीअन्तुले स्थापित गरेको हो । धरान–४ को देवीथान र धरान–२० को माछामारामा ‘माछामारा कृषि पर्यटन होमस्टे’ सुरु भएपछि धरानमा पनि होमस्टेको चर्चा थालिएको हो । माछामाराबाट सुरु भएको होमस्टे अहिले देवीथानसम्म पुगेको छ । धरान–२० कै मानेडाँडामा महिलाहरूद्वारा सञ्चालित कोकाह कृषि सामुदायिक होमस्टेको अवस्था पनि अहिले त्यस्तै रहेको अध्यक्ष जुनमती तामाङले बताइन् । तामाङ जातिको बाहुल्य रहेको सो स्थानमा १० घर छन् । होमस्टेका लागि अनुदान पनि पाइने सुनेको बताउँदै अध्यक्ष तामाङले भनिन्, ‘हामी त महिलाले मात्र सुरु गरेका हौँ । केही ज्ञान नभएर हो कि रु त्यो अनुदान कहाँबाट कसरी पाउन सकिन्छ भन्ने केही थाहा छैन ।

उनका अनुसार सुरुसुरुमा धेरै ठाउँबाट पाहुनाहरू आउने गर्थे, मानिसको चहलपहल निकै बढ्दै थियो । पर्यटक बढेको देख्दा यसैमा भविष्य देख्न थालेको अध्यक्ष तामाङले बताइन् तर अहिले यो क्षेत्र पनि सुनसान छ । पूर्ण मापदण्डअनुसार सञ्चालन गर्न नसकेको स्विकार्दै उनी उपमहानगर र वडाबाट सक्दो सहयोगको अपेक्षा राख्छिन् । होमस्टे सञ्चालनबारे तालिम लिने उनको इच्छा थियो तर सरकारले २०७६ चैत ११ देखि बन्दाबन्दी घोषणा गरेपछि उनको इच्छा पूरा हुन पाएन ।
धरानका दुईवटा वडामा गरी अहिले जम्मा २० होमस्टे पूर्ण रूपमा सञ्चालनमा छन् । उपमहानगरपालिकाभित्रका यी दुई वडा पहाडी क्षेत्रमा पर्ने भएकाले पनि होमस्टेको सम्भावना देखिएको उपमहानगरपालिकाको पर्यटन समितिका सहसंयोजक किशोर थुलुङले बताए । देवीथान होमस्टे धरानको दृश्यावलोकनको लागि उपयुक्त स्थानको रूपमा चर्चित छ । त्यसैले सो स्थानमा पाहुनालाई आकर्षित गर्न ‘पेन टावर’ बनाउने योजना पनि तयार हुँदै थियो तर महामारीका कारण जारी निषेधाज्ञाले टावर निर्माणको योजना र होमस्टे व्यवसायलाई प्रभावित बनायो । देवीथानमा होमस्टे सञ्चालक मगरका अनुसार भर्खर लय समात्दै गरेको होमस्टे व्यवसाय कोरोनाको कारणले बन्द गर्नु परेको छ । निषेधाज्ञा भएकाले दोब्बर घाटामा गएको उनको गुनासो छ ।

निजी क्षेत्रबाट सञ्चालित होमस्टेको यस्तो अवस्था छ । सरकारको ५० प्रतिशत अनुदानमा सुरु गरिएको माछामारा होमस्टेको अवस्था झन् दयनीय छ । २०७४ सालमा सुरु भएको यो होमस्टेमा निषेधाज्ञाको खासै प्रभाव नपरे पनि सञ्चालक समितिमै एक मत हुन नसक्दा बन्द हुने स्थितिमा पुगेको समितिका अध्यक्ष चक्र राईले बताए । स्थानीय स्रोत–साधनलाई आधार मानेर लगानी गर्न हौसिएका होमस्टे सञ्चालक प्रेम कुमार राई यति बेला निराश छन् । धरानका सबै होमस्टे सञ्चालकहरू बैंङ्कको ऋणले हैरान भएको उनको भनाइ छ । एकातिर होमस्टे बन्द हुनु र अर्कोतिर बैंङ्क ऋणको भार बढ्दै जानुले चिन्तामा परेको होमस्टे सञ्चालक राई बताउँछन् । सरकारले आपूmहरूलाई निषेधाज्ञाभरिको ब्याजमा सहुलियत दिनुपर्ने उनको माग छ ।
कोकाह होमस्टेमा आबद्ध सञ्चालकहरूले आवश्यक तरकारी आफ्नै करेसाबारीबाट उत्पादन गर्ने गरेका छन् । उनीहरूले आफ्नै अग्र्यानिक (जैविक) तरकारी प्रयोग गर्ने गरे पनि अन्यले जैविक पद्धतिबाट उत्पादित तरकारी किसान कृष्ण राई र मङ्गलसिंह लिम्बूबाट लिने गरेका थिए । होमस्टेहरू बन्द हुँदा आपूmहरूलाई प्रत्यक्ष असर परेको धरान–४ को वसन्तटारका तिनै किसान राई र सालघारीका लिम्बूले बताए ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न धरान उमनपाले उपमहानगरभित्रका ग्रामीण क्षेत्रलाई पर्यटकीय गाउँ घोषणा गरेको छ । आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्ने माध्यम बनेका होमस्टेको विकास र स्थायित्वका लागि चालू आर्थिक वर्षमा आवश्यकताअनुसार सहयोग गरेको पर्यटन समितिका सहसंयोजक थुलुङले बताए । सबै होमस्टेमा एक घर एक सेट खाट (ओढ्ने–ओछ्याउनेसहितको) वितरण गरिएको र केहीमा शौचालयसमेत निर्माण गरिदिने योजनाअनुसार कोकाह होमस्टेमा शौचालय निर्माण गरिदिएको उनले जनाए ।
स्थानीय सरकारको हैसियतले उपमहानगरपालिकाले होमस्टेका लागि केही योजना तर्जुमा गरेको भए पनि कोरोनाका कारण पर्यटन क्षेत्रको बजेट कोरोना राहत कोषमा रकमान्तर भएकोले यो वर्ष योजनाअनुरूप सहयोग गर्न नसकिएको थुलुङको भनाइ छ । थुलुङका अनुसार निषेधाज्ञाले थलिएको होमस्टे व्यवसायमा ऊर्जा भर्न निषेधाज्ञा खुलेपछि विशेष पहलकदमी लिने सोच उमनपाले बनाएको छ । होमस्टे सञ्चालकहरूलाई सक्रिय बनाउन प्रदेश एककै पहिलो होमस्टे इलामको अन्तु होमस्टे भ्रमण गराउने, प्रदेश सरकारबाट बजेट ल्याउन पहल गर्ने, आवश्यक तालिम र क्षमता अभिवृद्धि जस्ता कार्यक्रम ल्याउने योजना रहेको थुलुङले बताए ।

हाल धरान–२० मा माछामारा होमस्टे, कोकाह होमस्टे, धरान–४ मा देवीथान र वसन्तटारमा होमस्टे सञ्चालनमा रहेको उमनपाले जनाएको छ । कार्कीछाप, हर्दिया र चिन्डेडाँडामा होमस्टे सञ्चालनको प्रक्रिया अगि बढेको भए पनि निषेधाज्ञाले गर्दा सुरु हुन नसकेको सहसंयोजक थुलुङले बताए । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै स्थानीयको आयवृद्धि गर्न होमस्टे एउटा गतिलो माध्यम बन्न सक्ने देखिन्छ । थोरै लगानीमा पर्यटकहरूलाई शान्त वातावरणमा मनोरञ्जनका साथै स्थानीय रहनसहन, संस्कृति, कला, स्थानीय परिकारसहितको सेवा दिने होमस्टेको सम्भावना धरानमा राम्रो भएको नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण शाहले बताए । यसले स्थानीय कृषि उत्पादनको प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनको बुझाइ छ ।
‘यहाँको सांस्कृतिक विविधता र भूगोल पनि होमस्टेका लागि अनुकूल छ’, शाहले भने, ‘होमस्टे सञ्चालन भएका क्षेत्र धरान बजारभन्दा माथि छन्, त्यहाँबाट बजारको दृश्यावलोकन सुन्दर देखिन्छ ।’ मापदण्डअनुसार सेवा–सुविधा प्रदान गर्दा दीर्घकालीन हुने उनी बताउँछन् । होमस्टेहरू प्रायः ग्रामीण र थोरै दुर्गम क्षेत्रमा हुने भएकाले प्रचार–प्रसारमा स्थानीय सरकारले सहयोग गरे आन्तरिक र बाह्य पर्यटकहरू आकर्षित हुनेमा दुई मत छैन ।
(धरान उपमहानगरपालिका–नेपाल पत्रकार महासंघ सुनसरीको लेखनवृत्ति कार्यक्रम अन्तर्गत तयार गरिएको फिचर)
Pingback: magic mushroom store denver
куб бетона цена можайск
MEGAWIN
https://telegra.ph/MEGAWIN-07-31
Exploring MEGAWIN Casino: A Premier Online Gaming Experience
Introduction
In the rapidly evolving world of online casinos, MEGAWIN stands out as a prominent player, offering a top-notch gaming experience to players worldwide. Boasting an impressive collection of games, generous promotions, and a user-friendly platform, MEGAWIN has gained a reputation as a reliable and entertaining online casino destination. In this article, we will delve into the key features that make MEGAWIN Casino a popular choice among gamers.
Game Variety and Software Providers
from a respected regulatory authority, which ensures that the casino adheres to strict standards of fairness and transparency. The games’ outcomes are determined by a certified random number generator (RNG), guaranteeing fair play for all users.