धरानमा चासोक तङ्नाम शुरुः स्वास्थ्य मन्त्रिले गरे उद्धघाटन(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ किरात लिम्बु समुदायको चाँड चासोक तङनाम धरानमा शुरु भएको छ।
किरात याक्थुङ चुम्लुङ धरान नगर समितीद्धारा आयोजित पाँचदिने चासोक तङ्नाम विहिवारदेखी धरानमा शुरु भएको हो। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रि भवानी खापुङले एक समारोहका बिच चासोकको उद्धघाटन गरेका छन्। कार्यक्रममा मन्त्रि खापुङले किरात लिम्बु समुदायको चासोक तङ्नाम राष्ट्रिय पर्वको रुपमा विकास हुँदै गएको बताए। उनले मंशिर पुर्णेमा मनाईने चासोक पर्वको अवसरमा सरकारले एकदिन विदा दिएको समेत बताए। विगतका वर्षहरुमा काठमाण्डौमा नै चासोक पर्व मनाईरहदा यसवर्ष धरानमा मनाउन आएको मन्त्रि खापुङले बताए।


सोहीक्रममा मन्त्रि खापुङले धरानको गहनाको रुपमा रहेको विपी प्रतिष्ठानको सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न आफुले सकेको सहयोग गर्दै आएको बताए। त्यसैगरी धरान उप–महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले यस चासोकले लिम्बु समुदायमा आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्ने काम गरेको बताए। उनले लिम्बु समुदायको पर्वहरुमा एकरुपता नआएको बताउदै ईतिहासकार तथा मुन्धुमविदहरुले यसको समस्याको समाधान गर्नु पर्ने बताए।कार्यक्रममा पूर्व प्रदेश प्रमुख गोविन्द तुम्याङ्, कियाचु केन्द्रिय उपाध्यक्ष कमल तिगेला, केन्द्रिय सदस्य संगिता सुब्बा, नर प्रसाद लुङ्फुवा लगायतले बालेका थिए। कार्यक्रमअघि धरान १ स्थित छाताचौकबाट ब्यानर सहितको र्याली समेत निकालिएको थियो।
धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा शुरु भएको चासोक तङनाम यही मंशिर २५ गते समापन हुने आयोजकले जनाएको छ।

8 thoughts on “धरानमा चासोक तङ्नाम शुरुः स्वास्थ्य मन्त्रिले गरे उद्धघाटन(भिडियो सहित)

टिप्पणीहरू are closed.