काँकडभिट्टा भेट्रानलाई पराजित गर्दै दमक लखनपुर भेट्रान विजयी

दिव्य रोशनी(धरान)/ काँकडभिट्टा भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै दमक लखनपुर भेट्रान धरानमा जारी चौथो बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको सेमिफाईनमा प्रवेश गरेको छ।
धरान रंगशालामा आज मंगलबार भएको खेलमा दमक लखनपुर भेट्रानले का“कडभिट्टा भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो। खेलमा दमक लखनपुर भेट्रानका सुवास हाङथुप्पोले १ मात्र निर्णायक गोल गरेका थिए। उनले दोस्रो फापको ९ मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफि म्याच उनै सुवास हाङथुप्पो घोषित भए। उनले नगद २१ सय सहित मेडल प्राप्त गरे। भोली बुधवारको पहिलो सेमिफाईन खेल हाम्रो धरान भेट्रान फुटबल क्लव र दमक लखनपुर भेट्रान फुटबल क्लवका बिच हुनेछभने दोस्रो सेमिफाईनल खेल रारा भेट्रान फुटबल क्लब धनकुटा र आयोजक धरान भेट्रान फुटबल क्लवका बिच हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।
धरान भेट्रान फुटबल क्लवको आयोजनामा यही चैत्र ३० गते हुने फाईनल खेलको विजेताले रनिङ ट्रफि सहित नगद १ लाख ५ हजार पाउनेछन्भने उपविजेताले ट्रफि सहित नगद ६० हजार पाउनेछन्। त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २१ सय प्राप्त गर्नेछन्भने बेष्ट प्लेयरले नगद १० हजार र अन्य व्यक्तिगत पुरस्कार तर्फ ३५ सय प्राप्त गर्ने क्लवका अध्यक्ष रोमी मोक्तानले बताए।