महाकुम्भ दर्शनार्थी भक्तजनहरुका लागि कांग्रेसले राख्यो एक महिने निःशुल्क हेल्थ डेस्क

बाह्रवर्षमा लाग्ने पिण्डेश्वार महाकुम्भ मेला उद्घाटन भएसंगै दर्शनार्थी भक्तजनहरुका लागि एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले धरानस्थित एतिहासिक पवित्र धार्मिक स्थल पिण्डेश्वार मन्दिर परिसरमा कांग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा तथा नेपाली कांग्रेस प्रदेशसभा १(१), १(२), धरान नगर, १४ नं. वडा र नेपाल महिला संघको क्षेत्र, प्रदेशसभा १(१), १(२), धरान नगर कार्यसमिति, पिण्डेश्वर वावाधाम व्यवस्थापन समिति र सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स, धरानको सहयोग एवम् अमर पोलिक्लिनिक धरान–१८ को प्राविधिक सहयोगमा एक महिने निःशुल्क हेल्थ डेस्क राखेको हो ।
महाकुम्भ मेलामा टाढाटाढावाट ठूलो संख्यामा भक्तजनहरु आउने र विविध कारणले विरामी पर्न सक्ने भएकाले उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै महाकुम्भ मेला अविधिभर एक महिनासम्म निःशुल्क हेल्थ डेस्क राखिएको कांग्रेस सुनसरी–१ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
नेपाली कांग्रेसका नेता पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले दर्शनार्थी भक्तजनहरुको अचानक स्वास्थ्यमा समस्या आउन सक्ने अवस्था रहने हुंदा स्वास्थ्य सुविधा र स्वस्थ्य रहन मद्दत गर्ने जनचेतनामूलक पर्चा सहित स्वास्थ्य शिविर राखेर मानवीय सेवाको कार्य गरेको भन्दै हेल्थ डेस्कको खुलेर उच्च प्रशंसा गरेका छन् ।
हेल्थ डेस्क सुरुवात गरेकै दिन १२३ जना दर्शनार्थी भक्तजनहरुले स्वास्थ्य परीक्षण गराएको नेपाली कांग्रेसका क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताईन ।
स्वस्थ्य परीक्षण गर्ने कार्यमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक नर्स तथा स्वस्थ्यकर्मीहरु समेत सहभागी भएका थिए ।
दर्शनार्थी भक्तजनहरुले हामीहरुको स्वास्थ्यप्रति चिन्तित् भएर एक÷एक महिनासम्म सञ्चालन हुने गरी हेल्थ डेस्क राखेर नेपाली कांग्रेसले साह«ै राम्रो कार्य गरेको बताएका छन् ।
हेल्थ डेस्क सञ्चालन तथा व्यवस्थापनमा नेपाली कांग्रेसका धरान नगर उपसभापति तथा १८ नं. वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविन), ३ नं. वडा अध्यक्ष विद्या शाक्य, क्षेत्रीय सल्लाहकार तथा प्रदेश सम्मेलन सदस्य गोविन्द वस्नेत, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, नेपाल तरुण दल धरान नगर अध्यक्ष रामकुमार तामाङ, क्षेत्रीय सदस्य सुमन श्रेष्ठ (तखाछे), कमल भट्टराई, विष्णुकुमारी श्रेष्ठ (सुन्दरी), मन्जु पौडेल लगायतले सहयोग गरेका थिए ।