किरातेश्वर मावि धरान १९ को ४९ औं वार्षिक उत्सव सम्पन्न

दिव्य रोशनी(धरान)/ श्री किरातेश्वर मावि धरान १९ को ४९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
विहिवार विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ प्रमुख अतिथी रहेका थिए। उनले लागु पदार्थ दुव्र्यसन मुक्त समाज निमार्णका लागी उप–महानगरपालिकाले अभियान नै चलाएको बताउदै हरेक विद्यालयहरुले पनि साताको शुक्रवार १ घण्टा लागुऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम गर्न आग्रह गरे। सोहीक्रममा मेयर साम्पाङले विद्यालयमा विद्यार्थीहरुलाई पढ्न पठाएर मात्रै अभिभावकको जिम्मेवारी पुरा नहुने बताउदै आफ्ना नानीहरु नियामित विद्यालय आएका छन् कि छैनन् भनेर चेकजाँचका लागी विद्यालय भ्रमण गर्नपनि अनुरोध गरे।


कार्यक्रममा धरान उप–महानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश साह, ब्रिटिस वेलफेयर अफिस धरानका सिनियर एरिया वेलफेयर अफिसर क्याप्टेन पूर्ण प्रसाद लिम्बु, धरान १९ का वडाअध्यक्ष पूर्ण लिम्बु, वडा सदस्य तथा शि.अ. संघका अध्यक्ष जसरथ थलङ लगायत विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा स्काउट टोलीको मार्च पास गरेका थिएभने विद्यालयका प्रधानाध्यापक डा. योगेन्द्र पालुङवाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रम अवधिभर विद्यार्थीहरुको आकर्षक नृत्यले उपस्थितहरुलाई मनोरञ्जन दिलाएको थियो।

5 thoughts on “किरातेश्वर मावि धरान १९ को ४९ औं वार्षिक उत्सव सम्पन्न

टिप्पणीहरू are closed.