धरान स्नुकर च्याम्पियन २०७९ शुरुः पहिलो दिनमा साहिल, ओपनेन्ट र नानि विजयी

दिव्य रोशनी(धरान)/ धरान ५ माथिल्लो देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उद्घाटनको अवसरमा अयोजित युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ आज विहिवार देखि सुरु भएको छ ।
आज भएको प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्वु र नानि भुजेल विजयी भएका छन । उद्घघाटन खेलमा साहिलले सन्जित राईलाई, ओपनेन्टले खड्क लिम्वु र नानि भुजेलले युनिस राईलाई पराजित गर्दै उपाधिका लागि अघि वढेका छन्। प्रतियोगिताका विजेताले नगद तिस हजार, ट्रफि र प्रमाणपत्र र उपविजेताले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि व्यक्तिगत पुरस्कार तर्फ प्रतियोगिताको सेन्चुरी व्रेकले नगद १५ हजार र हाइएस्ट वे्रकले नगद १० हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछ।
कार्यक्रमका प्रमुख अतिथि धरान ५ न. वडाका पुर्व वडा सदस्य कुमार देवानले रिवन काटेर खाजा घरको उद्घघाटन गर्नुका साथै स्नुकरको सट लिदै प्रतियोगिताको उद्घघाटन समेत गरेका थिए। प्रतियोगितामा धरानभरिका ५२ जना खेलाडिहरुले भाग लिएका छन् । प्रतियोगिता दुई हप्ता सम्म चल्नेछ। स्नुकर खेल विकास र स्नुकर खेलाडिहरुलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको खाजा घरका संचालक एवं प्रतियोगिताका संयोजक चन्द्र लिम्वुले बताए।

8 thoughts on “धरान स्नुकर च्याम्पियन २०७९ शुरुः पहिलो दिनमा साहिल, ओपनेन्ट र नानि विजयी

टिप्पणीहरू are closed.