धरानमा “गोर्खा विनिथ द ब्रेभरी”को च्यारेटि शो(भिडीयो सहित)

दिव्य रोशनी(धरान)/ धरानमा चलचित्र “गोर्खा विनिथ द ब्रेभरी”को च्यारेटि शो गरिएको छ।
विश्वमा चिनाउने गोर्खा सैनिकहरुको जिवन गाथामा बनाईएको सो चलचित्रको च्यारेटि शो धरानको बराह कम्प्लेक्समा रहेको फ्रेण्डस् सिनेमामा प्रदर्शन गरिएको हो। प्रर्दशनअघि चलचित्र का लेखक तथा निर्देशक प्रदिप शाहीले विश्वलाई चिनाउने गोर्खा सैनिकको बहादुरी कथा देखाउन चलचित्र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ को निमार्ण गरिएको बताए। उनले पहिलो विश्वयुद्धमा मानवता देखाएर भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा चलचित्र निर्माण गरिएको समेत बताए।निर्देशक शाहीले यसअघि ‘पासपोर्ट’, वेटिङ, सिम्बोल १, ‘कन्फ्लिक्ट” लगायत थुप्रै चलचित्रको निर्देशन गरिसकेका छन्।
कार्यक्रममा प्रमुख अतिथी धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले यस चलचित्रले आउने नयाँ पिढीलाई ईतिहास देखाउने काम गरेको बताए। उनले लाहुरेले बसाएको शहर धरानमा लाहुरेको जिवनगाथा समेटिएको चलचित्र प्रदर्शनमा आउनु खुसीको कुरा भएको बताए।


साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ। विनोद सुवेदी खत्री कार्यकारी निर्माता रहेको सो चलचित्रका निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । चलचित्रलाई निक्को प्रताप गुरुङ र अमृत गुरुङले छायांकन गरेका हुन भने विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन,अश्रुती पटेलको कला निर्देशन, रहेको छ। चलचित्र यही भदौ २४ गते शुक्रबारबाट देशभरी प्रदर्शनमा आउने भएको छ।

7 thoughts on “धरानमा “गोर्खा विनिथ द ब्रेभरी”को च्यारेटि शो(भिडीयो सहित)

टिप्पणीहरू are closed.